ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे नेपालगन्ज रङ्गशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्रयाक’ क्रयाक भएको विषयमा छानबिन थालिएपछि खेलकुद विकास समितिका पदाधिकारीकाे निदहराम भएको देखिएको छ ।

पदाधिकारीकाे उदासीनता र निर्माण कम्पनीकाे लापरवाहीले निर्माण गरिएको ट्रयाक गुणस्तरहीन भएपछि महिना दिन बित्न नपाउँदै उप्किएको थियाे ।

यसवारेमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद्ले (राखेप) का सदस्य लेख बहादुर क्षेत्रीको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय अध्ययन उपसमितिले रङ्गशालामै पुगेर छानबिन गरेकाे छ ।

सेन्थेटिक ट्रयाक निर्माणका क्रममा निर्माण पक्षबाट प्राविधिक रूपमा के कस्तो त्रुटि भयो वा के कति कारणले ट्रयाक उप्कियो सो बारेमा सूक्ष्म अनुसन्धान गरिरहेको उपसमितिका सदस्य राखेपका इन्जिनियर पूर्णबहादुर सुन्दास बताउँछन् ।

अध्ययन उपसमितिका संयोजक राखेप सदस्य लेख बहादुर क्षेत्रीले प्रारम्भिक अध्ययनका क्रममा जडानमा कमजोरी भएर सेन्थेटिक ट्रयाकको ‘डी एरिया’ मा उप्किएको, उत्तर–दक्षिण साइडमा विभिन्न स्थानमा पानी जम्ने गरेको भेटिएको बताए ।

निर्माण कम्पनीका प्राविधिक मनिष कुमार शाह यो नेपालमै यस्तो पहिलो घट्ना भएको जबताउँछन् । के कति कारणले भयो ? आफूहरूले पनि खोजी गरिरहेको
भन्दै नि घटनाकाे ढाकछाेपमा लागेका छन ।

राखेपले सेन्थेटिक ट्रयाक निर्माण गर्नका लागि ठेकेदार कम्पनी ‘पञ्चकन्या-सिन्कोट्स जेभी’ ललितपुरलाई ९ करोड ८६ लाख ४० हजार ८ सय ३२ मा ठेक्का दिएको थियो ।

सन् २०२३ मार्च २३ मा ठेक्का सम्झौता भएकोमा सन् २०२४ जनवरी ५ मा काम सम्पन्न गरिसक्नुपर्ने थियो । तर, ठेकेदार कम्पनीले गत असार मसान्तमा मात्र काम सम्पन्न गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय