ट्रेण्डिङ

नेपालगन्ज :  पछिल्लो समय व्यक्तिगत रिसिविईका कारण बेनामी उजुरी पर्न थालेपछि प्रहरीबृतमा जवानदेखि उच्च अधिकारी समेतकाे निदहराम भएको छ । बेनामीका कारण प्रहरीको मनोबल खस्कदै  जान थालेकाे सम्बन्ध अधिकृतहरू बताउँछन् ।

प्रहरीमा नाम उल्लेख नगरी गरिने उजुरी अर्थात बेनामीका कारण ब्याबसायिक प्रहरी कर्मचारीलाई हतोत्साहि मात्र बनाएको छैन जिम्मेवारप्रति नैरास्यता छाएको छ  नेपालगन्जमा कार्यरत एक पुलिस अधिकृतले भने ” यश बिषयमा माथिल्लो विघागले गम्भीरताका साथ बुझ्न जरुरी  देखिएको छ ।”

प्रहरी अधिकृत संगको सम्बन्ध साथै स्वय: अधिकृतहरुले नै आफ्नो अनुकुल बाहेककालाई विना गल्ति बेनामीको नाम दिई अनुसंधान नै नगरी दु:ख दिने गरेको प्रहरीमा व्यापक गुनासो वढेको छ ।

यदि बेनामी आएमा गोप्य तरिकाले अनुसन्धान गरेर तथ्यांक संकलन भए पछि मात्र कारबाही प्रक्रिया अगाडि बढेमा बेनामी सूचनाले सहि कुरा उजागार गर्ने छ  उनले थपे “अन्यथा यस्ताे काम  औजार  हुने र गल्ती नगर्दा पनि कारवाही भाेग्नुकाे विकल्प नरहने देखिन्छ ।”

संगठनको कुनै कर्मचारीले गलत नगर्दा पहुँचवालाको कुराकै भरमा दु:खमा परिरहने हो भने भोलिका दिनमा अर्को पहुँचमा पुग्दा पुन: यस्तो कार्य नदोहोरेला भन्न सकिदैन उनले भने ” तसर्थ बर्तमान प्रहरी नेतृत्वले यस्ता कुराको समयमै गम्भिरतापुर्वक सोच्न आवश्यक छ ।”

याे समस्या बाँकेमा मात्रै  नभएर देशभर देखिएको छ । बाँकेमा त आफुले मागेकाे इलाका, पाेष्टमा जान नपाएका र जिल्लामै गतिलाे ठाउँ पाउन नसकेका असन्तुष्ट व्यक्तिले समकक्षीका बिरुद्ध माथिल्लो निकायमा उजुरी गर्ने गरेकाे खुलेको छ ।

यसरी परेका उजुरीमा माथिल्लो तहका सिनियर अधिकृतले वास्तविकता नबुझि, अनुसन्धान बिनै कारवाही गर्ने गर्दा निर्दाेष जवानदेखि उजुरीमा परेका अधिकारीले दु: ख पाउने गरेकाे बाँकेमा कार्यरत एक जुनियर  अधिकृत बताउँछन् ।

उनका अनुसार न आफ्नो कमनण्डरले नै बुझने काेशिस गर्छन नत माथिल्लो तहका हाकिमले  जसका नाममा उजुरी प-याे त  उ सक्कियाे । पीडा यथार्थ कसले बुझ्ने ? उनकाे प्रश्न छ ।

कुनै नेतृत्व वा आफु भन्दा माथिल्लो अधिकारीले पनि दिएका विभेदपुर्ण वा गैह्रकानूनी आदेशलाई कार्यान्वयन हुन सक्दैन भनेर भन्न सक्ने, त्यस्ता आदेश वा भनसुनलाई आम जनतामाझ ल्याउन सक्नु अहिलेको अपरिहार्यता हो ।

यसो गर्न सके मात्र देशले खोजे जस्तो मनोवलयुक्त प्रहरी बन्न सक्छ र पीडितले खोज्दा, कानूनले खोज्दा प्राप्त हुन सक्छ । नभए विना कारण परेका उजुरीका भरमा निर्दाेषले तनाव भाेग्नु नियति बन्न सक्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय