ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे बैजनाथ गाउँपालिकामा पत्रपत्रिका र सन्चारका नाममा लाखौं बजेट मनाेमानी ढंगले स्वाहाँ भएको देखिएको छ ।

पालिकाका कर्मचारी र केही  कर्मचारी तथा जनप्रतिनिधि निकटका मिडियाकाे मिलेमताेमा मनाेमानी एउटै मिडियाका नाममा लाखौं रकमकाे कृते काराेवार देखाएर सरकारी बजेट दाेहन भएको  छ ।

पालिकाले यश बर्ष यहीँ शिर्षकमा ५७ लाख ८० हजार रकम  विनियाेजन गरेकाे थियाे ।

जसमा साउन यता कार्तिक सम्मका चार महिनामा मात्रै  विनाकाम १७ ला ५४ हजार ८ सय ३० रकम दाेहन गरकाे तथ्याकले देखाएको छ । तर, यति रकम खर्चे वाफतकाे देखिने कुनै पनि काम हुन सकेकाे छैन ।

बिज्ञापन र टेण्डरका नाममा माेटाे रक देखाउने तर, मिडियादाई थाेरै चाराे फालेर सेेटिङ्गमा यहाँका कर्मचारी  केही जनप्रतिनिधिले कमिशन वाफत मिडियाबाटै असुल्ने गरकाे खुलेकाे छ ।

याे पनि भ्रष्टाचार हाे । तर, यस्ताे काम राेकन पहलकदमी गर्ने मिडिया नै कर्मचारीसँग सेटिङ्ग गर्न थालेपछि राज्य रकम मनाेमानी र  नीति विपरीत दाेहन हुने क्रम बैजनाथमा बढेकाे जनगुनाासाे छ ।

यश बिषयमा बैजनाथका जिम्मेवार अधकारी र जनप्रतिनिधि कुनै  प्रतिक्रुया समेत नदिइ उदासीन देखिएका छन ।  यहाँ याे मात्रै  नभई यस्ता विभित्र शिर्षकमा विनियोजित बजेट यसरी नै मनाेमानी खर्च हुने गरेकाे भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय