ट्रेण्डिङ

नेपालगन्ज : लुम्बिनीका मुख्यमन्त्री  चेतनारायण आचार्य विभेदकारी भुमिकामा देखिएका छन । चाकडी चाप्लुसी र गुलामी  गर्ने काममा सक्रिय बाँकेका रत्न खत्रीलाई काँखी च्यापेर आचार्यले दुई पटक मन्त्रीकाे जिम्मेवारी दिएका छन ।

तर, यसअघि मन्त्री  पद नपाएका साँसद जसले मुख्यमन्त्रीकाे चाकडी  गरेनन उनीहरूलाई आचार्यले पाखा लगाएका छन । यसले पनि उनकाे भुमिका विभेदकारी स्पष्ट देखिएको छ ।

जसका कारण अहिले एमाले लुम्बिनीमा विवाद उठेकाे छ । जम्मा साँँसदमध्ये १९/२० जना साँसदले मुख्यमन्त्री आचार्यकाे बिभेदकारी नीति र खत्रीलाई पुन: मन्त्री  बनाएकोमा आपत्ति जनाएका छन।

खत्री यसअघि बाँकेकाे यातायात भ्रष्टाचार काण्डमा डामिएका साँसद हुन । उनीमाथि यहाँका हाेटल, पसल लगायतका विभित्र ठाउँमा रकम नतिरेकाे समेत थप आराेप छ ।

कतिपय बैजनाथका युवाले त उनलाई  कमिशनखाेर साँसदकाे उपाधी समेत सामाजिक सन्जालमै दिएका छन । समग्रमा खत्री  चाकडिबाज, खुराफाती र नैतिकही सुनिर समुहका नाइके पनि हुन ।

पुनर्गठित मन्त्रिपरिषद्अन्तर्गत एमालेबाट तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भुसाललाई उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । य

स्तै, जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । यसअघि उक्त मन्त्रालयको जिम्मेवारी जसपाकै आदेशकुमार अग्रवालले सम्हाल्दै आउनुभएको थियो । अग्रवालको स्थानमा अहिरलाई मन्त्री नियुक्त गरिएको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Copyright © 2025 Setokhari Media Pvt. Ltd. All Rights Reserved.

Design and Developed by: imagine Infotech