ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे नेपालगन्ज उधाेग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यकाे यतिवेला पहिचान फेरिदै गएकाे देखिएको छ ।

कुशल र अग्रज व्यापारी भएकै कारण संघकाे अध्यक्ष बनेका वैश्य यतिबेला नन्दलालबाट दलबदलुलालकाे रूपमा आफ्नाे पहिचान बनाउन पुगेका छन ।

कुनै समय एमालेकाे संगठित सदस्यता लिएका वैश्य अहिले राष्ट्रिय स्वतन्त्र पार्टीकाे सदस्य बनेका छन । याे अबधिमा उनी एमाले/ काङ्ग्रेस / माओवादी/ राप्रपा हुँदै अहिले रास्वपा हुनुले उनकाे पहिचान दल बदलुमा   परिणत भएकाे हाे ।

सधै अवसर र पद खाेज्ने नन्दलाल संघकाे अध्यक्ष हुनकै लागि माओवादी भएको र मेयरकाे सपना देखेर राप्रपासम्मकाे यात्रा तय गरेकाे उनी नजिकका  सारथि नै बताउँछन् ।

वैश्यले अवसरका लागि हरेक समय दल बदलेपनि भने अनुसारकाे पद र अवसर नपाउँदा उनी  अहिले रास्वपामा लागेकाे त्रिभुवन चाेककै उनका सारथि बताउँछन् ।

हरेक दलकाे सदस्यता लिने अवसर खाेज्ने तर पार्टी काममा सक्रिय नहुने र अडिन नसक्ने उनकाे वानी नै भएको स्पष्ट देखिएकाे छ ।

अहिले पनि आगामी स्थानीय निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाकाे मेयर टिकट पाउने आशामा रास्वपा बनेका बैश्यले यदि टिकट नपाए अर्काे दल नराेजलान भन्न सकिदैन ।

नेपालगन्जमा उनी जस्तै अवसर खाेजेर दल बदल्नेकाे एउटा झुण्ड नै छ । यसअघिकाे संघीय चुनावमा पनि केही व्यापारी नेताले भने अनुसार टिकट नपाउँदा एकै दिनमा दुईवटासम्म पार्टी परिवर्तन  गरेका उदाहरण छलङ्ग छन । अहिले वैश्य पनि उनीहरूकै उक्साहट र लहलहै लागेर दल बदलु बनेकाे खुलेकाे छ ।

 बर्येनी दल बदल्ने उनकाे नियति भए पनि  वैश्य नेपालगन्जका एक सुपरिचित व्यवसायी, सामाजिक व्यक्तित्व र राजनीतिज्ञ हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Copyright © 2025 Setokhari Media Pvt. Ltd. All Rights Reserved.

Design and Developed by: imagine Infotech