ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे नेपालगन्ज लगायत आसपासका सिमानाकाबाट दैनिक मल तस्करी भैरहेको देखिएको छ । यसकाे नियन्त्रण  र राेकथाममा स्थानीय  प्रहरी प्रशासन उखासीन छ ।

 नेपालमा रासायनिक मलको चरम अभावका कारण भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ मल भित्र्याउने गरिछ । जसलाई  गैरकानुनी कार्य भनिन्छ

नेपालमा धान, गहुँ र मकै लगायतका बाली लगाउने मुख्य सिजनमा सरकारी स्तरबाट रासायनिक मल (युरिया, डीएपी आदि) को पर्याप्त आपूर्ति नहुँदा वार्षिक लाखौँ मेट्रिक टन मल अवैध नाकाहरूबाट तस्करी हुने गरेको छ

भारत सरकारले आफ्ना किसानका लागि अनुदानमा उपलब्ध गराएको विहार र उत्तर प्रदेश (यूपी) को रासायनिक मल नेपाल आउने गरेको  हाे ।

तस्करीको स्वरूप
    • अनुदानको मल चोरी-पैठारी: भारत सरकारले आफ्ना किसानका लागि अनुदानमा उपलब्ध गराएको विहार र उत्तर प्रदेश (यूपी) को रासायनिक मल नेपालतर्फ बढी मूल्यमा बेच्न तस्करी गरिन्छ। 
    • साना र ठूला तस्कर: कतिपय किसानहरू बाध्य भएर घरायसी प्रयोजनका लागि साइकल वा मोटरसाइकलमा मल बोकेर ल्याउँछन् भने व्यावसायिक तस्करहरूले ट्रक र ट्याक्टरकै प्रयोग गरी प्रहरीसँगको मिलेमतोमा मल भित्र्याउँछन्। 
    • कालोबजारी र मिसावट: तस्करी गरी ल्याइएको मल नेपालका बजारहरूमा नेपाली सहकारी वा व्यापारीको मिलेमतोमा चर्को मूल्यमा (कालोबजारी गरेर) किसानलाई बेचिन्छ, जसको गुणस्तरको कुनै ग्यारेन्टी हुँदैन। 

 जोखिम र प्रभाव
  • प्रहरी र किसानबीच द्वन्द्व: सीमा क्षेत्रमा प्रहरीले तस्करीको मल नियन्त्रणमा लिन खोज्दा स्थानीय किसान वा तस्कर समूहसँग झडप र तनावका स्थितिहरू सिर्जना हुने गर्छन्
  • कानुनी कारबाहीको डर: भारत सरकारले आफ्नो अनुदानको मल विदेश पठाउन प्रतिबन्ध लगाएकाले भारतमा मल किन्न गएका नेपाली किसानहरू ‘तस्करी’ को आरोपमा भारतीय सुरक्षा बल (SSB) र कृषि विभागद्वारा पक्राउ पर्ने जोखिम सधैँ रहने गरेकाे छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय