नेपालगन्ज : नेपालमा राजनैतिक खेल चर्को र मूल्यावान छ । त्यसैले यहाँ मन्त्रीहरुले चोट खानु पर्दैन । कार्यकर्ताले चोट खाएपछि मन्त्री माथि पुग्छन् । तर के थाह ! पारिवारिक माया भनेको के हो ? चुनावमा युवाहरु कुटिदा न मन्त्रीले खोज्छन्, न राष्ट्रपति र न प्रधानमन्त्रीले ? पिडा त जसलाई चोट लाग्छ उसको परिवार र उही पिटीनेलाई ।
पछिल्लाे समय बाँकेमा राजनीति आडमा गुण्डाराज चलिरहेको देखिएकाे छ । याे वा त्याे ढंगबाट गुण्डागर्दि गर्नेहरू कुनै न कुनै राजनीतिमा आबद्द छन । बाँकेमा हुने गुण्डाराज बिशेषत एमाले र काङ्ग्रेस बिच चल्दै आएकाे छ । निँहु केही चाँहिदैन खाेला दाेहन र असुली नै हाे ।
केही दिन अघिदेखि वर्तमानमा पनि भएका घटना राजनीति आडमा असुली र खाेला दाेहनकै कारक हुन । कहिले एमाले निकट युवाले त कहिले काङ्ग्रेस निकट युवाले एक अर्कालाई मरासन्न हुने गरि प्रहार गरिरहेका छन ।
यद्यपि पुलिस मुखदर्शक बनिरहछ । कतिपय गुण्डाले जनप्रतिनिधिकाे भुमिकामा रहेर पनि आफ्नाे हैसियत भुलिरहेका छन । कतिपयकाे पेशा नै गुण्डागर्दि बनेकाे देखिएकाे छ ।
दलिय आडमा गरिने गुण्डागर्दिले दलकै बदनाम भैरहेका छ । गुण्डालाई संरक्षण गरेर घटना घटाउनु दलिय नैतिकता त्यही हो ? सरकार किन मौन ? खै सरकारले निगरानी गरेको ?
बाँकेमा पछिल्लो समय राप्ती नदि दाेहनमा गुणडाराज चलेकाेे छ । जसका कारण गुण्डागुण्डाबिच बेलाबखतमा युद्ध हुने गर्छ । जसकाे पछिल्लो उदाहरण विनाैनामा भएकाे घटनालाई दिन सकिन्छ । जुन घटनामा एमाले र काङ्ग्रेस निकट युवा सहभागी देखिएका छन। दुईजना घाइते छन केही पुलिस नियन्त्रणमा छन ।
विगतकाे रिगलकाण्ड यतिबेला पनि दाेहाेरिने अबस्थमा पुगेकाे घटनाक्रमले देखाएको छ । तर, अहिले रिगलकनण्ड जस्तो नभएपनि उस्तै उस्तै भन्न सकिन्छ । यसले मानसमा मात्रै हाेइन जताततै नकारात्मकता छाएको छ ।
यदि राजनीति दलले आफु मातहतका युवालाई बेलैमा कन्टाेल गर्न र सचेत बनाउन चासाे नदेखाउने हाे भने बाँकेमा फेरि रिगलकाण्ड नब्युत्याला भन्न सकिदैन । यसतर्फ ध्यान जाओस । जसमा पुलिस पनि चनाखाे हुन जरुरी देखिएकाे छ ।






