नेपालगन्ज : राप्ती नदि किनारमा शबदाहगृह निर्माणका लागि भन्दै थालिएको बैकुण्ठधाम अभियान ” दाउ नै दाउ” काे भुमरीमा देखिएको छ ।
बैकुण्ठधामका नाममा कतिपय व्यक्ति राजनीति छलाङ हाल्ने दाउमा छन । कतिपय राप्ती नदि आसपासमा कसरी जग्गा हत्याएर प्लटिङ्ग गर्ने भन्ने दाउमा छन ।
कतिपय सस्ताे लाेकप्रियता कमाउने त कतिपय व्यक्ति याे वा त्याे ढंगबाट सेलिब्रेेटि बन्ने दाउ र हाेडबाजिमा देखिएका छन ।
शुरुआतमा सक्रिय सहभागीता जनाएका केही व्यक्ति आफू अनुकुल अभियान नदेखिएपछि राजनीतिकरण भयाे भन्दै टिकाटिप्पणिमा लागेका छन ।
तर, बैकुण्ठधामका लागि अहिलेसम्म जेजति अभियान र भाैकाल मच्चाइए पनि पहिलाे काम जगगाकाे खाेजि भने हुन सकेकाे देखिदैन । नत धाम निर्माणका लागि डिपिआर नै बनेकाे छ । अभियान हचुवामा चलेकाे देखिएको छ ।
संयाेजक सुरेश कनाैडिया, भाेला महत, कृष्णप्रसाद श्रेष्ठ, मीन मल्ल लगायतका केही व्यक्ति अभियानमा सक्रियताका निहुँमा राजनीति छलाङ मार्ने दाउमा छन ।
इश्वर पाेखरेल लगायतकाे एउटा झुण्ड यसकै बलमा राप्ती किनारमा जगगा खरिद गरि प्लटिङ्ग गर्ने दाउमा रहेकाे खुलेकाे छ । केही कर्मचारी वर्गका व्यक्ति सेलिब्रेेटि बन्ने हाेडमा छन ।






