ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे राप्तीपारी रहेकाे सन्तानेश्वर मन्दिर यतिवेला दशर्नका लागि नेपाली मात्रै  नभई भारतीय  नागरिककाे समेत राेजाईमा पर्न थालेकाे छ ।

मन्दिरको दर्शन गर्न भारतको विभिन्न ठाउँका भक्तजन पनि यहाँ आउने गरेका छन्।  दाङ, सुर्खेत, बर्दिया, नेपालगन्ज, कोहलपुरलगायत ठाउँका सर्वसाधारण दर्शनका लागि पुग्ने गरेका छन्।

बैजनाथ गाउँपालिकाकी लालुमाया पाैडेल एकान्त र शान्त स्थान भएकोले मन्दिर  दर्शनसँगै पहाड घुमघामका लागि पनि सन्तानेश्वर उपयुक्त ठाउँ रहेकाे बताउँछिन् ।

उनका अनुसार बैजनाथ पालिकाबाट मात्रै  शनिवार दुई दर्जबढी भक्तजन मन्दिर दर्शन र शनिवारीय घुमघामका लागि सन्तानेश्वर पुगेका थिए ।

मन्दिर बनेको लामो समय भए पनि ०७० सालमा यहाँ व्यवस्थित ढंगले मन्दिर बनाइएको थियो । सन्तानेश्वरमा शिवरात्रि, तिजजस्ता पर्वमा विशेष भिड लाग्ने गर्छ। साउन र शिवरात्रिमा रुद्रीपाठ हुने गरेकाे स्थानीय बताउँछन् ।

यस मन्दिरको दर्शन गरी सच्चा मनले पूजापाठ र व्रत गरे सन्तान प्राप्ति हुने धार्मिक विश्वास छ।

बाँके जिल्लाकाे राप्ती नदी पारीकाे त्याे क्षेत्र परापूर्व समयदेखि नै धार्मिक स्थलकाे रुपमा परिचित छ । राप्तीसाेनारी र नरैनापुर गाउँपालिकाले ओगटेकाे यस क्षेत्रमा ठुला-साना गरेर दर्जनाैं मन्दिरहरु रहेका छन् ।

चर्चित सन्तानेश्वर महादेव, गाेवर्द्धन पर्वत, बर्फानी वावा र भुँवरभवानी एकअर्काे ठाउँबाट देखिने गरी पहाडकाे डाँडा डाँडामा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय