ट्रेण्डिङ

नेपालगन्ज : बाँकेमा पछिल्लो समय एम्बुलेन्सहरु समेत दुरुपयोग हुन हुन थालेका छन ।

भारतका विभिन्न अस्पतालमा कमिशन लिएर विरामी पु-याउने गरेका एम्बुलेन्स फर्किदा गाडीका पाटपुर्जा र अन्य सामान ढुवानी गर्ने गरेकाे भेटिएको छ । यसले एम्बुलेन्स पनि दुई नम्बरीधन्दामा सक्रिय भएको पुष्टि गरेकाे छ ।

एम्बुलेन्सकाे विरामी बाेक्ने हाे तर, अहिले आम्दानीका लागि उनीहरूले भारतबाट अनेकथरी सामान लुकिछिप ढुवमनी गर्ने गरेकाे देखिएको छ ।

विरामी लिएर लखनउ गएको एक नेपाली एम्बुलेन्सले गाडीका पाटपुर्जा नेपाल ल्याउदै गरेकाे अबस्थामा रुपैडियाकाे भारतीय पुलिसले पक्राउ गरेपछि एम्बुलेन्सले गर्ने अबैध र दुई नम्बरीधन्दा सार्वनामिक भएको हाे ।

उक्त एम्बुलेन्सले ढाई लाख बराबरकाे गाडीकाे पट्टा ल्याएको भारतीय पुलिसकाे रुपैडिया थानाका एक पुलिस अधिकारी बताउँछन् । पुलिस अधिकारीका अनुसार संजीवनि विकास केन्द्र तुलसीपुरकाे रा १ च ५२५ नम्बरको एम्बुलेन्स नियन्त्रणमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय