नेपालगन्ज : नेकपा ( संयुक्त ) पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख दामाेदर अर्याल देशकाे समृद्धिमा पुराना दल भ्रष्ट र नयाँ विचारविहीन भएको बताउँछन् ।
सिद्धपाइलासँग आगामी चुनावी सन्दर्भमा कुरा गर्दै अर्यालले नयाँ दलले जति भाैकाल मच्चाएपनि उनीहरुकाे विचार मात्रै नभई नीति, विधि र लक्ष्य समेत नभएको टिप्पणी गरेका छन ।
अब देश बनाउने र जनताकाे भावना बुझने दल भनेकै संयुक्त हाे उनी भन्छन “वामपन्थी विचार बाेकेकाे सत्यका पक्षमा उभिने पार्टी नै नेकपा ( संयुक्त ) हाे जसलाई आम जनताकाे साथ र सहयाेग रहने निश्चित छ ।”
आगामी चुनावमा संयुक्तका तर्फबाट देशैभरका निर्वाचन क्षेत्रमा उम्मेदवारी रहने र यसका लागि आन्ततयारी भैरहेकाे भन्दै अर्यालले नेकपा संयुक्त घुस नखानेहरुकाे सत्य बाेल्ने र जनताकाे मर्का बुझ्नेकाे पार्टी भएको दाबी गरेका छन। ।
देशभर झै बाँकेका तीनजटै क्षेत्रमा संयुक्तले आगामी चुनावमा उम्मेदवारी दिने पनि उनले जानकारी दिए ।






