नेपालगन्ज : बाँकेकाे बैजनाथ गाउँपालिकामा पत्रपत्रिका र सन्चारका नाममा लाखौं बजेट मनाेमानी ढंगले स्वाहाँ भएको देखिएको छ ।
पालिकाका कर्मचारी र केही कर्मचारी तथा जनप्रतिनिधि निकटका मिडियाकाे मिलेमताेमा मनाेमानी एउटै मिडियाका नाममा लाखौं रकमकाे कृते काराेवार देखाएर सरकारी बजेट दाेहन भएको छ ।
पालिकाले यश बर्ष यहीँ शिर्षकमा ५७ लाख ८० हजार रकम विनियाेजन गरेकाे थियाे ।
जसमा साउन यता कार्तिक सम्मका चार महिनामा मात्रै विनाकाम १७ ला ५४ हजार ८ सय ३० रकम दाेहन गरकाे तथ्याकले देखाएको छ । तर, यति रकम खर्चे वाफतकाे देखिने कुनै पनि काम हुन सकेकाे छैन ।
बिज्ञापन र टेण्डरका नाममा माेटाे रक देखाउने तर, मिडियादाई थाेरै चाराे फालेर सेेटिङ्गमा यहाँका कर्मचारी केही जनप्रतिनिधिले कमिशन वाफत मिडियाबाटै असुल्ने गरकाे खुलेकाे छ ।
याे पनि भ्रष्टाचार हाे । तर, यस्ताे काम राेकन पहलकदमी गर्ने मिडिया नै कर्मचारीसँग सेटिङ्ग गर्न थालेपछि राज्य रकम मनाेमानी र नीति विपरीत दाेहन हुने क्रम बैजनाथमा बढेकाे जनगुनाासाे छ ।
यश बिषयमा बैजनाथका जिम्मेवार अधकारी र जनप्रतिनिधि कुनै प्रतिक्रुया समेत नदिइ उदासीन देखिएका छन । यहाँ याे मात्रै नभई यस्ता विभित्र शिर्षकमा विनियोजित बजेट यसरी नै मनाेमानी खर्च हुने गरेकाे भनिएको छ ।






