ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे नेपालगन्जमा रहेकाे संजीवनी अस्पतालमा यतिवेला चर्काे कमिशन खेल हुने गरेकाे छ ।

अस्पतालमा आउने विरामीलाई औषधी खरउद गराउने काममा यहाँका सुरक्षा गार्ड र चिकित्सककाे बाहिरका मेडिकलसँग सेटिङ्ग हुने गरेकाे देखिएको छ ।

इमर्जेन्सीमा डियुटी गर्ने गार्ड र डाक्टरले अस्पतालकाे गेट वाहिरका  शिवन, खुमाक लगायतका मेडिकलमा विरामीका आफन्तलाई पठाउने र औषधी खरिदपछि कमिशन लिने गरेकाे खुलेकाे छ ।

यी मेडिकलले सम्बन्धित डाक्टरलाई त खानपानदेखि सवारीसाधन र नगद समेत दिने गरेकाे मेडिकल संचालक नै बताउँछन् ।

अस्पतालकाे भित्रै फार्मेसी छ तर त्यहाँ बाट गार्ड र डाक्टरले कमिशन नपाउने हुँदा वाहिरका मेडिकलमा पठाउने र कमिशन वाफत नगद र जिन्सी लिने गरेकाे भनिएको छ ।

यसले गर्दा विरामी महँगाेमा पर्ने र हप्ता दिनमै लाखौंको अनावश्यक औषधी किन्नपर्ने अबस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Copyright © 2025 Setokhari Media Pvt. Ltd. All Rights Reserved.

Design and Developed by: imagine Infotech