नेपालगन्ज : आगामी फागुन २१ मा चुनाउ हुने तयारी पूरा भएसँग बाँकेमा पनि चुनावी शरगर्मी बढेकाे छ । राजनीति दलहरू चुनावी प्रचारमा लागिपरेका छन । बाँकेका तीनवटै क्षेत्रमा उत्तिकै प्रतस्पर्धा हुने देखिएको छ ।
यस सन्दर्भमा सिद्धपाइलाले “सिद्धपाइलासँग उम्मेदवार ” शिर्षकमा बहस चलाएकाे छ । जुन बहसमा नेकपा एमालेकाे तर्फबाट बाँके क्षेत्र नम्बर दुईका संघीय उम्मेदवार माेहमद इस्तियाक राईले बाँकेमा तीनवटै क्षेत्रमा एमालेकाे जीत सुनिश्चित भएको दाबी गरेका छन ।
देशकाे समृद्धि, सुशासन र लाेकतन्त्रका लागि एमालेकाे जीत अपरिहार्य रहेकाे भन्दै पुवर्मन्त्री समेत रहेका राई दुई नम्बर क्षेत्रमा एमालेले भारी मतले जीत हासिल गर्ने बताउँछन् ।
दुई नम्बरमा एमालेकाे प्रतिस्पधी काङ्ग्रेस भएपनि मतदाताले एमालेमाथि विश्वास राख्ने र जनताकाे भावनामा एमाले नै घुलमिल भएकोले एमालेकाे जीत सुनिश्चित भएको देखिएको उनी बताउँछन् ।
यस क्षेत्रका मतदातालाई यहाँको विकास, समृद्धिका लागि एमालेमा मतदान गर्न पनि उनले अपिल गरेका छन । एमालेका तर्फबाट बाँकेकाे १ मा सुर्य ढकाल दुईमा राई र तीनमा सुमन मल्ल चुनावी मैदानमा हुमिएका छन ।






