नेपालगन: प्रधानमन्त्री बालेन शाहले भारतसँगको सीमा विवादबारे प्रतिनिधिसभा बैठकमा दिएका दुइटा अभिव्यक्ति असामान्य, गम्मीर र चिन्ताजनक भएको देखिएको छ ।
‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ र लिपुलेक, लिम्पियाधुरा सीमा विवादमा ‘बेलायत सरकारको पनि सरोकार रहनुपर्छ भन्ने नेपाल सरकारको मान्यता छ’ भन्ने प्रधानमन्त्री बालेनको अभिव्यक्तिमा चिन्ताजनक भएको हाे ।
‘नेपालले पनि भारतको सिमा मिचेको छ भन्ने प्रधानमन्त्रीको सदनमा दिएको अभिव्यक्ति अति नै असामान्य र गम्भीर भएको अनलाइन पत्रकार संघका अध्यक्ष कमल न्याैपाने बताउँछन् ।
दुई देशबीच तेस्रो देशको उपस्थितिको आह्वान अझै चिन्ताजनक भएको र यस बिषयमा नागरिक सचेत हुनुपर्ने अध्यक्ष न्याैपानेकाे भनाइ छ ।
आजसम्मका कुनै पनि प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति संसदभित्र र संसदबाहिर दिएको रेकर्ड नभएको र यस्तो अभिव्यक्ति कहिल्यै अपेक्षित नगरिएको उनी बताउँछन् ।
यसको सबभन्दा ठूलो असर नेपाली भूमि जसरी जुन स्तरमा अतिक्रमण भइरहेको छ, त्यसलाई कुनै न कुनै रूपमा फाइदा र वैधता दिलाउनु रहेकाे हुनसक्ने उनकाे अनुमान छ ।
सिमा मिच्ने काम दुई देशबीच पारस्परिक छ भन्ने सरकार प्रमुखको भनाइले नेपालको भौगोलिक अखण्डता रक्षा गर्न यो सरकार चाहँदैन वा सक्दैन भन्ने कुरा दर्शाएकाे छ ।






