ट्रेण्डिङ

नेपालगन्ज :   लुम्बिनीको मन्त्रिपरिषद् हेरफेर हुने भएको छ । एमाले्का ४ जना मन्त्री फेर्ने तयारी मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका छन । एमालेले दोस्रोपटक प्रदेशसभामा निर्वाचित भएर पनि मन्त्री बन्ने अवसर नपाएका सांसदलाई प्राथमिकतामा राखेको  भनिएको छ ।

तर, समाचार श्रोतका अनुसार यसअघि मन्त्री भैसकेका र बाँके यातायातकाे भ्रष्टाचारकाण्डमा समेत मुच्छिएका एमाले साँसद रत्न खत्रीलाई पनि मुख्यमन्त्री आचार्यकाे दादागिरी  र मनाेमानीमा पुन मन्त्रीका लागि सिफारिस गरिएको भनिएको छ ।

अख्तियारले अनुसन्धान गरिरहेकाे र केही  व्यक्तिले अदालत धाइरहेकाे उक्त  यातायात काण्ड सेलाएकाे छैन । यसरी  विवादमा परेका नेतालाई  मन्त्रीमा सिफारिस गर्नु गलत भएको  एमालेकै कतिपय साँसदले खत्रीलाई पुन मन्त्री  बनाउन नहुने भनिरहेका छन ।

यद्यपि  मुख्यमन्त्री आचार्यकाे नजिक मानिएका खत्री मुख्यमन्त्रीकै  बलबुतामा फेरि मन्त्रीकाे सिफारिसमा परेकाे एमालेका एक प्रदेश साँसद बताउँछन् ।

उनका अनुसार पहिला मन्त्री भैसकेकाले खत्रीलाई दाेहाे-याउनु गलत हाे ।  खत्रीलाई  राेकेर नयाँलाई अवसर दिनुपर्छ उनले थपे “यसमा मुख्यमन्त्रीले साेच्न जरुरी छ ।”

कांग्रेससँगको सत्ता साझेदारी तथा सरकारको नेतृत्व परिवर्तनको विषयमा लामो समयदेखि छलफल भइरहेका बेला एमालेले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको हो ।

एमाले स्रोतका अनुसार मन्त्रीका लागि गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रूपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्रीको नाम सिफारिस गरिएको छ ।

यातायात काण्डमा डामिएका खत्री यसअघि सामाजिक विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । भुसाल, घिमिरे र चौधरी मन्त्रीका लागि नयाँ अनुहार हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Copyright © 2025 Setokhari Media Pvt. Ltd. All Rights Reserved.

Design and Developed by: imagine Infotech