नेपालगन्ज : बहुत महत्वकाक्षी रूपमा हेरिएको राप्ती किनारमा अत्षाधुािक शव दाहगृह निर्माण अहिले अलपत्र देखिएको छ । शिलान्यास गरेकाे आधा बर्षमा उक्त गृहकाे काम १० प्रतिशत पनि हुन सकेकाे छैन ।
ठेकेदारकाे ढिलासुस्ती, जिम्मेवार निकाय र व्यक्तिको उदासीनता, राप्ती नदी डाईभर्सनकाे समस्याले उक्त याेजना बिचमै राेकिदा अलपत्र अबस्थामा देखिएको हाे ।
करोडौं लगानीमा निर्माण गर्ने भनिएकाे उक्त याेजनाका लागि यसअघि महायज्ञ लगायर समेत रकम असुली गरिएको थियाे । करिब २२ कराेड लगानी हुने भनिएकाे साे याेजनामा अहिले ५/६ कराेड भन्दा बढी रकम कुनै पनि निकायबाट विनियोजन हुन नसक्दा याेजना समयमै नबन्ने निश्चित छ ।
तर, उक्त याेजना निर्माण समितिका संयाेजक डाक्टर सुरेश कनाैजियाका अनुसार अहिले यसका लागि विगतमा राेकिएकाे तीन कराेड सहित जम्मा ५ कराेड हाराहारीमा बजेट स्वीकृत छ । याे बजेट उक्त याेजनका लागि पूरा हाेइन ।
खुबै तामझाम गरिएको उक्त याेजनाकाे अहिले १ महिनादेखि काम राेकिएकाे र असाेज अघि केही गर्न नसकिने संयाेजक कनाैजिया सिपाइलासँगकाे टेलिफाेन कुराकानीमा बताउँछन् ।
उनका अनुसार बजेटसँगै राप्तीमा पुल बनिरहेकाले यहाँको पानी डाइभर्सन मुख्य चुनाैती बनेकाे छ । राप्तीनदी किनार सिधनियाघाटमा शवदाहगृह निर्माणकाे भाैकाल गुपचुप भए पछि यतिवेला चन्दादाताहरुले चासाे राख्न थालेका छन ।
शुरुआती चरणमा रङ्गसियकाे बाघ जस्तै देखिएकाे बैकुण्ठधाम अहिले ओइलाएकाे ताेरीकाे पात जस्तै भएको छ एक स्थानीय चन्दादाताले भने ” शवदाहगृह निर्माणकाे अलपत्र देखिँ नु लाजकाे कुरा हाे ।”
राज्यले गर्ने काममा हस्तक्षेप गरेर राज्यका निकायलाई उपेक्षित गर्दै सेलिब्रेटी बन्ने दाउमा याे उाेजनाकाे शुरुआत भएको भने पक्कै हाे । तर, अहिले तत्कालीन अबस्थाका धेरै स्वघाेषित अभियान्ता गुपचुप छन ।
हचुवामा जाेशिदै लाखौं दान घाेषणा गरेकाहरु र यसरी भाैकाल मच्चाएर याेजना पूरा नगर्नेहरु बैकुण्ठधाम जान्छन जादैनन् त्याे त थाहा भएन, तर चन्दा असुली भने दुरुपयोग हुन हुँदैन ।
डुडुवा गाउँपालिकाले भने ४२ लाख लागतमा शवदाह षृह र प्रतिक्षालय त्यही ठानिर्माण गरिसकेको छ ।






