नेपालगन्ज : बाँकेकाे नेपालगनस्थित भुजईगाउँमा रहेकाे कियर सिटी अस्पताल बारम्बार बिवादमा आउन थालेकाे छ । अस्पताल प्रशासनकाे उदासीनता र डाक्टरकाे लापरवाहीले उक्त अस्पताल बिवादकाे थलाे बनेकाे स्पषट देखिएको छ ।
स्मरणहाेस: केही समयअघि पनि उक्त अस्पताल विरामीकाे उपचारकै शिलसिलामा बिवादीत बनेकाे थियाे । अहिलृ पनि फेरि बिजादमा अस्पताल फसेकाे छ । तर, अस्पताल प्रशािन यस्ता बिवाद र समस्या नदाेहारिने र नदाेहाराउने अभियानमा लागेकाे देखिदैन ।
घरबाट स्कुटी चलाएर फ्लाेअप चेकका लागि अस्पताल पुगेकी एक युवतीकाे उपचारका क्रममा फेरि यहाँ ज्यान गएपछि अस्पताल बिवादमा आएकाे भनिएको छ ।
“अस्पताल भन्छ उपचार गरियो, परिवार भन्छ लापरबाही भयो— आखिर सत्य कहाँ लुकेको छ ?” याे भने खाेज्न काेही तयार देखिदैनन ।
स्वास्थ्य संस्था विश्वासको केन्द्र हुनुपर्ने हो। तर जब उपचारपछि बिरामी होइन, शव घर फर्किन्छ, तब प्रश्न केवल एउटा परिवारको पीडा मात्र हुँदैन, त्यो सम्पूर्ण स्वास्थ्य प्रणालीमाथिको प्रश्न बन्छ।
पीडित पक्षको माग स्पष्ट छ— घटनाको निष्पक्ष छानबिन होस्, दोषी भेटिए कानुन अनुसार कारबाही होस् । यद्यपि यस अस्पतालमा हुने र यसअघि भएका यस्ता घटनाकाे छानबिन हुन सकेकाे छैन । जसका कारण यस्ता घटनाले प्रसर्य पाउने गरेकाे स्थानीय र आफन्त बताउँछन् ।
अस्पताल स्रोतका अनुसार ती महिला उपचारका लागि भर्ना भएकी थिइन् र उपचारकै क्रममा उनको मृत्यु भएको हो। मृत्युको कारणबारे आवश्यक अनुसन्धान अघि बढाउने अस्पताल श्रोत बताउँछ ।






