ट्रेण्डिङ

नेपालगन्ज :  बाँकेका नरैनापुर र  राप्ती साेनारीलाई नेपालगन्जसँग जाेडने राप्तीनदीमा निर्माण हुन लागेकाे पुलकै मिटरमा कमिशन चक्कर रहेकाे खुलेकाे छ ।

राप्ती नदीको सिधनिया घाटस्थित हुलाकी राजमार्गमा ११ सय ४० मिटर लामाे   पुल निर्माणका लागि सिफारिस भएको काे थियाे ।

तर, अहिले त्यहाँ  ७ सय मिटर लामाे मात्रै  पुल निर्माणकाे काम भएको छ । सिफारिस अनुसार ४ सय ४० मिटर पुलकाे लम्बाइ घटाएर बजेट दुरुपयोगकाे प्रयास भएको स्थानीय  बताउँछन् ।

यस क्षेत्रका निवर्तमान  प्रदेश साँँसद समेत रहेकी पुर्वमन्त्री कृष्णा केसीले समेत आफ्नाे   सामाजिक सन्जाल  फेसबुकमा स्टार्टस लेख्दै यस्ताे खुलासा गरेकी छन ।

उनले लेखेकाे स्टार्टस अनुसार ११ सय ४० मिटर सिफारिसमा ७ सय मिट मात्रै  बनाउन लागिएको भन्ने आशय उल्लेख छ । यदी यसाे हाे भने ततकाल सम्बन्धित निकायकाे यसतर्फ ध्यान जान जरुरी  देखिन्छ । पुलकाे चाैडाई  भने सिफारिस अनुसार नै  ११ मिटर रहेकाे भनिएको छ ।

पुल निर्माणकाे जिम्मेवारी लुम्बिनी–रौताहा बन्दना भगवती जेभीले लिएको भनिएको छ । तर, यसका   प्रतिनिधीसँग यस   बिषयमा बुझ्जन खाेज्दा सम्पर्क  हुन सकेन ।

राप्ती नदीमा हरेक वर्ष आउने गरेको बाढीले पटक-पटक सडक तथा कल्भर्ट बगाउन थालेपछि तत्कालीन भौतिक पूर्वाधार मन्त्री इस्तियाक राईले पुल बनाउने योजनासँगै बजेटको सुनिश्चितता गरेका थिए ।

२०८४ असार मसान्तमा सम्पन्न गर्ने गरी ०७९ माघमा सम्झौता भएको निर्माण कम्पनीका इन्जिनियर राजेश पटेलले यसअघि नै बताएका छन। भ्याटसहित एक अर्ब २० करोडमा पुल  निर्माण हुने भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Copyright © 2025 Setokhari Media Pvt. Ltd. All Rights Reserved.

Design and Developed by: imagine Infotech