ट्रेण्डिङ

नेपालगञ्ज: बाँकेको  डुडुवा गाउँपालिकाले तयार गरिरहेको मिडिया नीतिको मस्यौदामाथि सिनियर पत्रकारबिच  परामर्श गरिएको छ ।

पालिकाका  प्रेस सल्लाहकार राकेश मिश्र मिडिया नीति मस्यौदाको प्रस्तुति गर्दै स्थानीय तहको सञ्चार तथा सूचना प्रवाहलाई व्यवस्थित, प्रभावकारी र उत्तरदायी बनाउन नीति निर्माण प्रक्रिया अघि बढाइएको बताउँछन् ।

परामर्श कार्यक्रममा स्थानीय सरकार र सञ्चार माध्यमबीचको सम्बन्ध तथा जनउत्तरदायी सञ्चार प्रणाली निर्माणका विषयमा छलफल भएको थियो।

सहभागी पत्रकारहरूले नीति निर्माण प्रक्रियामा सञ्चारकर्मी तथा सरोकारवालाहरूका सुझाव समेट्ने प्रयासलाई सकारात्मक र लोकतान्त्रिक अभ्यासको रूपमा लिएका छन्।

कार्यक्रममा डुडुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रम गिरी, सूचना अधिकारी सञ्जय कुमार कर्ण, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं, महासंघ बाँकेका अध्यक्ष नवीन गिरीकाे पनि सहभागीता थियाे ।

जसमा उनीहरू सहित महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अली, पूर्व अध्यक्षहरु निरज कुमार गौतम, प्रेम के.सी., एकाराबका केन्द्रीय सदस्य मोहम्मद आरिफ अन्सारी अनलाइन  पत्रकार संघका अध्यक्ष कमल न्यौपाने पत्रकार   शंकर प्रसाद खनाल, विश्वराज पछ्लडंग्या,  रूपनी जिएम, प्रियास्मृति ढकाल लगायतले सुझाव पेश गरेका थिए ।

सहभागीहरूले यस्ता संवाद, सहभागिता र सहकार्यले नीति निर्माण प्रक्रियालाई थप व्यवहारिक, समावेशी तथा जनमुखी बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरेका छन ।

स्थानीय सरकार र सञ्चार क्षेत्रबीच आपसी समझदारी, विश्वास र सहकार्यलाई थप सुदृढ बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Copyright © 2025 Setokhari Media Pvt. Ltd. All Rights Reserved.

Design and Developed by: imagine Infotech