ट्रेण्डिङ

नेपालगन्ज ! बाँकेकाे नेपालगन्जमा जिल्ला प्रहरीका ७/८ र लुम्बिनी प्रदेश प्रहरी मातहतका ११ जना घुमुवा शहरभरी छाेडिएका छन ।

उनीहरूकाे काम तस्करी, घुसपैठ, नियन्त्रण गर्ने, सुचना संकलन गर्ने र अपराध कर्ममा संलग्नकाे खाेजी गर्ने हाे तर अहिले काम फेरिएर तस्करी, घुसपैठलाई सहयाेग गर्ने र असुलीमा सक्रिययता देखाउने भएको छ । प्रहरी संगठनमा अहिले घुमुवा प्रहरी नै घाँडाे बनिरहेका छन ।

बाँके एसपी र लुम्बिनी डिआइजिलाई गुमराहमा राखेर यहाँका घुमुवाले सुरक्षजाँच र तस्करी नियन्त्रणका निहुँमा तस्करसँगकाे सेटिङ्ग बढाएका छन ।

यसरी तस्करदेखि क्यासिनाे हुँदै स्पा र क्रसरसम्मकाे सेटिङ्गबाट घुमुवाले असुली गरिरहेकाे सम्बन्धित सराेकारवाला बताउँछन् । तर, यी सबै कुरामा बाँके र लुम्बिनीका सुरक्षा अधिकारी गुमराहमा छन ।

बाँकेकाे नेपालगन्जमा रमेश बजगाईले र प्रदेशमा यहाँ बम रावलले जिम्मेवारी सम्हालेका छन । बनगाँईकाे मातहतमा ७/८ जना र रावलकाे मातहतमा ११ जना पुलिस खटाइएको पुलिस श्रोत नै बताउँछ ।

विगतमा १ लाख मासिक असुली हुने यहाँका क्यासिनाेबाट मात्रै अहिले मासिक २ लाख प्रती क्यासिनाे असुल हुने गरेकाे समाचार श्रोत बताउँछ । तर, यस्ता असुलीकाे रेकड भने कहीकतै भेटिदैनन ।
बाँकेमा १० महिना बस्ने प्रहरी प्रमुखले कम्तिमा कराेड कुम्ल्याएर जाने गरेका छन ।

देखाउनका लागि कडा र स्वच्छ जस्तै गरेपनि भित्र भित्र  असुली  र सेटिङ्गकाे डरलाग्दाे जालाे घुमुवाले फिजिरहेकाे स्थानीय  व्यवसायी नै बताउँछन् ।

तर, एसपी  र डिआइजी उनीहरूकाे गलत रिपोर्टिङमै मख्ख देखिन्छन । यसका लागि यी दुबै  अधिकारीले घुमुवामाथि आन्तरिक छानविन र अनुसन्धान गर्न जरुरी देखिएको छ ।

बदलिँदो परिवेशमा घुमुवा प्रहरीको अवैध असुली बढेको व्यापारी, व्यवसायीहरुको आरोप छ ।  घुमुवाको रुपमा खटाईएका कमाण्डर र  अन्य केही सहयोगीका कारण संगठन बदनाम भएको धेरैको भनाइ छ । यद्यपि  यसतर्फ प्रहरी संगठनकाे ध्यान जान सकेकाे छैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Copyright © 2025 Setokhari Media Pvt. Ltd. All Rights Reserved.

Design and Developed by: imagine Infotech