ट्रेण्डिङ

नेपालगन्ज  : पछिल्लो समय चिमित्सा क्षेत्रमा पनि उत्तिकै बिकृति बढदै जान थालेकाे  छ । केही  समयअघि नेपालगन्जमै दुई जना गैर डाक्टर  व्यक्ति पक्राउ परेका थिए ।

अहिलृ राजधानीमा सम्त आफूलाई चिकित्सक (डाक्टर) भन्दै बिरामीको उपचार गर्दै आएकी एक महिला पक्राउ परेकी छन्। नक्कली डाक्टरले विरामकाे स्वास्थ्य चेकजाँच गर्ने गरेपछि नागरिकको स्वास्थ्य समेत जाेखिममा देखिन्छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चन्द्रागिरि–८ स्थित स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्टमा कार्यरत ४७ वर्षीया चेतना पौडेललाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पौडेलले आफूलाई न्याचुरोप्याथी चिकित्सक दाबी गर्दै बिरामीहरूको स्वास्थ्य परीक्षण, रोग निदान तथा औषधि सिफारिस गर्ने कार्य गर्दै आएकी थिइन्।

तर नेपाल मेडिकल काउन्सिलको छानबिनमा उनले प्रयोग गरेको चिकित्सकीय उपाधि तथा प्रमाणपत्र नक्कली वा अस्तित्वमै नभएको भेटिएको थियो।

काउन्सिलले पौडेल आधुनिक चिकित्सा पद्धतिअनुसार बिरामीको उपचारमा संलग्न रहेको र औषधिसमेत प्रेस्क्रिप्सन गर्ने गरेको पुष्टि गरेपछि कारबाहीका लागि प्रहरीलाई सिफारिस गरेको थियो।

त्यसपछि सिआइबीले उनलाई पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बाम्हकेमा पनि यस्ता नक्कली डाक्टर  र स्वास्थ्यकर्मीकाे जालाे फैलिदै जान थालेकाे देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय