ट्रेण्डिङ

नेपालगन्ज : लायन्स क्लब अफ नेपालगन्ज युनिटीकाे आयाेजनामा सुर्खेतराेड स्थित औधाेगिक क्षेत्रकाे अगाडि  बृक्षाराेपण गरिएको छ ।

युनिटका अध्यक्ष अन्जु खड्काकाे नेतृत्वमा गरिएको उक्त बृक्षाराेपण कार्यक्रममा राप्रपाका सहमहामन्त्री ऋषिरानज देवकाेटा, नेपालगन्ज उधाेग बाणिज्य संघका पुर्व अध्यक्ष तथा लायन्स लिडर  कृष्णप्रसाद श्रेष्ठ, समाजसेवी डाक्टर विनाेद कर्ण, लगायत  व्यक्तिको सहभागीता थियाे ।

नेपालगन्ज शहरलाई हरियाली  बनाउने उद्देश्य अनुसार लायन्सले पटक/ पटक बृक्षाराेपण गर्दै आएकाे छ ।

वातावरण संरक्षण, जलवायु परिवर्तनको असर न्यूनीकरण र हरियाली प्रवर्द्धनका लागि वृक्षारोपण अत्यन्त महत्त्वपूर्ण कार्य भएको अध्यक्ष  खड्का बताउँछिन् ।

यसरी गरिएको बृक्षाराेपणले  यसले वन क्षेत्र र सार्वजनिक जग्गाको हरियाली बढाउन मद्दत गर्ने डाक्टर कर्ण बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय