नेपालगन्ज : काठ व्यवसायीकाे संस्था नेपाल वन पैदावर उधाेग संघमा लफडै लफडा देखिन थालेकाे छ । टेण्डरदेखि काठ लिलामसँगै संस्थाकाे आर्थिक हरहिसाबमा समेत लफडा भएको श्रोत बताउँछ ।
टेण्डर खाेल्दा पनि दुई समुहमा विभाजित केही ठेकेदारकाे व्यक्तिगत रिसिईभिका कारण समस्या हुने गरेकाे छ ।
अर्काेतिर संस्थाकाे करिब ४६ लाखकाे आर्थिक काराेवार अपारदर्शी देखिएको खुलेकाे छ । यसका लागि बनेकाे उपसमितिले समेत उक्त हरहिसाब मिलान गर्न र पारदर्शिता कायम गर्न नसकेकाे देखिएको छ ।
यसले अहिले संस्था लफडै लफडाकाे चङ्गुलमा परेकाे छ । आर्थिक हरहिसाब पारदर्शी गर्ने तर्फ उपसमिति सक्रिय देखिदैन । यहाँ केही व्यक्तिकाे डनगिरी नै चल्ने गरेकाे व्यवसायी बताउँछन् ।
उक्त रकम असुलीका लागि टेण्डर व्यवस्थापन उपसमिति बनाईएकाे थियाे समाचार श्रोतले भन्याे ” साेही समितिले ४६ लाख हिनामगरेकाे देखिन्छ ।”
संघका एक पुर्व पदाधिकारीका अनुसार उक्त उपसमितिकाे संयाेजकमा काठ व्यवसायी रबिन्द्र लम्साल थिए । तर, लम्सालले भने आफू कुनै पनि समितिमा नभएको दाबी गरेका छन ।






