नेपालगन्ज : उर्जा मन्त्री बिराभक्त श्रेष्ठले बाँकेकाे बिधुत प्राधिकरणमा छडके गरेका छन । बाँकेमा बिधुत समस्या बढेकाे गुनासाे धेरै भएपछि नेपालगन्ज आएका मन्त्री श्रेष्ठले प्राधिकरणमा छडके गरेका हुन ।
उनले यस समयमा प्राधिकरणमा सेवाका लागि उपस्थित सेवाग्राहीसँग प्रत्यक्ष भेटे, गुनासाे लिनुका साथै कर्मचारीलाई बिधुतकाे समस्या तत्काल मिलाउन र सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन दिएका छन ।
सिद्धपाइलासँगकाे भेटमा मन्त्री श्रेष्ठले भने ” गर्मी बढेसँगै बाँकेमा बिधुत जाने समस्याका वारे धेरै गुनासा आएका थिए त्यसैले नेपालगन्जमै आएर छडके गरि वास्तविकता बुझेकाे हाे र अबदेखि याे समस्यामा सुधार हुने छ ।”
वर्तमान सरकारले १ सय दिनकाे लक्ष्यमा सफलता हासिल गरेका छ उनले थपे “निर्वाचनका बेला गरिएका वाचा सबै विस्तारै पूरा हुन्छन । यसमा ढुक्न हुनुहाेस ।”
पाँच बर्षमा सरकारले सुशासन र भ्रष्टाचारका सबै खाले गतिविधिलाई धाेइपखालि गर्ने छ सिद्धपाइलाकाे एक प्रश्नमा उनले भने ” कसले के भन्छ मतलव भएन हामी हाम्रो याेजना, लक्ष्य र उद्देश्य अनुसार अघि बढ्ने र नेपाललाई समृद्ध बनाउने काममा लागि रहनेछाै । “






