नेपालगन्ज : लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले सुनिर समुहकाे नेतृत्वमा मात्रै नभई मन्त्रालयमै खुराफात र मनाेमानी गरेका छन ।
आफ्नै मन्त्रालयको बजेट आफ्नै निर्वाचन क्षेत्रमा मात्र खन्याएके खुलेकमे छ । ।उनी बाँके ३ (१)बाट निर्वाचित सांसद हुन् । मन्त्री खत्रीको निर्वाचन क्षेत्र पर्ने बाँकेका बैजनाथ र खजुरा गाउँपालिकाकाे आधा भागमा मात्र लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयबाट उनले झण्डै ४० करोड पूँजीगत बजेट बिनियोजन गराएका छन् । आफ्नै मन्त्रालयबाट मात्र दुई पालिकामा १६ करोड ३० लाख बढी बजेट पारेका छन् ।
बजेट सार्वजनिक गर्नुभन्दा ६ दिनअघि मात्र एमालेकै भूमीश्वर ढकाललाई हटाएर मुख्यमन्त्रीकाे दराे चाकडीले उनी भौतिक पूर्वाधार मन्त्री बनेका थिए ।
जेठ २५ मा पदभार ग्रहण गरेका मन्त्री खत्रीले यसअघिका मन्त्री ढकालले तयार गरेका योजना कटौती गर्दै बजेट र योजना आफ्नो जिल्ला र निर्वाचन क्षेत्र केन्द्रीत गरेको आरोप लागेको छ ।
प्रदेश सरकारले लुम्बिनीका प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यलाई ४ करोड र समानुपातिकबाट निर्वाचत प्रदेश सभा सदस्यलाई २ करोडका दरले बजेट सिलिङ उपलब्ध गराएको थियो ।
त्यसरी उपलब्ध गराएको बजेट सिलिङ अनुसार योजना पेश गरेका बर्दियाका ५ प्रदेश सभा सदस्यका योजना र बजेट कटौती गर्दै आफ्नै निर्वाचन क्षेत्रमा योजना र बजेट विनियोजन गराएको आरोपसमेत प्रदेश सभा सदस्यले खत्रीलाई लगाउँदै आएका छन् । खत्री बाँकेमा पनप एमालेभित्रै विवादीत पात्र हुन ।
मन्त्री खत्री बाँकेको खजुरा गाउँपालिका–२ का बासिन्दा हुन् । उनले आफ्नो गाउँपालिका खजुरामा मात्र भौतिक पूर्वाधारबाट ३४ वटा योजनाका लागि ५ करोड ६० लाख, सहरी विकास एवं खानेपानी मन्त्रालयबाट २२ वटा योजनाका लागि ३ करोड ३९ लाख, सामाजिक विकासमा ७ विद्यालयका लागि ३ करोड, उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट ५ योजनका लागि ७८ लाख रुपैयाँ बिनियोजन गराएका छन् ।
त्यस्तै मन्त्री खत्रीले आफ्नो निर्वाचन क्षेत्रभित्र रहेको बैजनाथ गाउँपालिकामा आफ्नै मन्त्रालय भौतिक पूर्वाधारबाट विभिन्न ३९ योजनाका लागि १२ करोड ४५ लाख, खानेपानी तथा सहरी विकास मन्त्रालयबाट १८ योजनाका लागि २ करोड ५७ लाख, सामाजिक विकासबाट ९ विद्यालयका लागि झण्डै ५ करोड, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट ११ योजनाका लागि १ करोड ५९ लाख बिनियोजन गराएका छन् ।
मन्त्री खत्रीले दुई पालिकामा मात्र भौतिक पूर्वाधारबाट १६ करोड ३० लाख, सहरी विकास तथा खानेपानी मन्त्रालयबाट ६ करोड १ लाख, सामाजिक विकासबाट ८ करोड १० लाख, उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयबाट २ करोड ४० लाख गरी ३२ करोड ९१ लाख रुपैंयाँ बिनियोजन गराएका छन् । त्यस्तै उद्योग पर्यटन, कृषि, वन तथा वातावरण मन्त्रालयबाट पनि मन्त्री खत्रीको निर्वाचन क्षेत्रलाई प्राथमिकताका साथ बजेट बिनियोजन गरिएको छ।






