नेपालगन्ज : पछिल्लो समय बाँकेकाे नेपालगन्जका क्याफे/ रेष्टुरेन्टमा हुक्काकाे स्वन गर्नृ लहड नै चलेकाे देखिन्छ । यसमा उमेर ढल्केका भन्दापनि युवायुवती धेरै झुम्मिएका हुन्छन । युवामाझ हुक्का खाने प्रचलन बढ्दै गएको छ ।
सुर्र्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ सार्वजनिक ठाउँमा हुक्का खानलाई प्रतिबन्ध गरे पनि रेष्टुरेन्ट, चियापसलमा अहिले सेवनकर्ता बढिरहेको देखिन्छ । तर, नियमन गरी कानुनी कारबाही गर्नका लागि नियमनकारी निकाय उदासीन छ ।
यहाँ अधिकाशं क्याफे र रेष्टुरेन्ट तथा चिया पसलमा अहिले हुक्का बिक्री गरिन्छ । त्याे पनप खुलेआम । यद्यपि यसकमे नियन्त्रणका लागि सरकारले बर्सेन लाखौं खर्च गरेर सचेतनात्मक कार्यक्रम गर्दै आएको छ ।
बाँके पुलिसले पनि यस्ता सचेतनाका कार्यक्रम गर्ने गरेकाे छ तर क्याफे रेष्टुरेन्टमा यसकाे काराेवार अत्याधिक बढिरहेकाे तर्फ कसैले ध्यान दिएका छैनन ।
यहाँ हुक्काजन्य सामग्रीको प्रयोग निरन्तर बढिरहेको छ । विशेषगरी १५ देखि ४० वर्षका युवामा हुक्काको प्रयोग बढी देखिन्छ । निकोटिनले तल बनाउने र फ्लेवरले धुवाँलाई मीठो बनाउने भएपछि अहिलेका युवामा होटल, रेष्टुरेन्ट, क्याफे र चियापसलमा हुक्का खाने प्रचलन बढ्दै गएको छ । निकोटिनले सिधैँ क्यान्सर नबनाउने तर मुटुसँग सम्बन्धित रोग बनाउने चिकित्सकहरु बताउँछन् ।
हुक्का सेवनकर्ताले एउटा पटकमा हुक्का सेवन गर्दा ३० देखि ४५ मिनेट निरन्तर धुवाँ तानिरहेका हुन्छ । अध्ययनअनुसार हुक्का ४५ मिनेटसम्म नियमित तान्ने हो भने त्यो सय चुरोटबराबरको हुनेगर्छ ।
एक सर्को चुरोट र एक सर्को हुक्कामध्ये हुक्कामा धुवाँको मात्रा बढी चिकित्सक बताउँछन् । यसले यसरी हुक्का तान्दै जादा क्यान्सरकाे जाृखिम अत्याधिक हुने चिकित्सकहरु बताउँछन् ।
नेपालगन्जमा अहिले करिब तीन दर्जनजति क्याफेसँगै यहि हाराहारीमा हुक्का बेच्ने रेष्टुरेन्ट संचालनमा छन । जसमा दैनिक लाखौंको हुक्का काराेवार हुने गरेकाे अनसमान गर्न सकिन्छ ।






