Thursday, September 17, 2026

नेपालगन्ज : नेपालमा खुलेकामध्ये धेरै तारे होटलले समयमै नविकरण गर्मन चासाे नदेखाएको देखिएको छ । नविकरण विनै यसरी हाेटल सन्चालन गर्दा राज्यलाई मासिक लाखौं राजश्व घाटा भैरहेको छ ।

याे समस्या राजधानी काठमाडौ मम मात्रै  नभई बाँकेमा पनि देखिएकाे छ । बाँकेकाे नेपालगन्ज र काेहलपुरमा करिब डेढ दर्जन तारे हाेटल छन । जसका केहीले नविकरण नगरेकाे खुलेकाे छ । तर, पनि यी तारेहाेटलकाे अनुगमन हुन सकेकाे देखिदैन ।

पर्यटन  विभागको तथ्यांकअनुसार हालसम्म देशभर एक सय ८७ वटा तारे होटल छन्। यी सबैमा गरी ११ हजार २४ वटा कोठा र १७ हजार तीन सय २३ वटा बेड छन्।

लुम्बिनी प्रदेशमा सबभन्दा धेरै होटल छन्। यहाँ अहिलेसम्म २५ वटा तारे होटल बनिसकेका छन। जसमा तीनवटा एकतारे, चारवटा दुईतारे, तीनवटा तीनतारे, १२ वटा चारतारे र तीनवटा पाँचतारे छन्।

राजधानीमै नविकरण नभए कारण तीन वटा तारे होटलको सेवा बन्द भएको छ । पर्यटन विभागका अनुसार अहिले पोखरास्थित होटल द फूलबारी लिमिटेड, काठमाडौंको लाजिम्पाटस्थित होटल साङ्ग्रिला र दरबारमार्गस्थित होटल डेला अन्नपूर्णको सेवा अहिले बन्द छ ।

विभागका निर्देशक तथा प्रवक्ता कालीबहादुर भुजेलका अनुसार यी होटल आन्तरिक कारणले बन्द भएका हुन् । बिभागले आगामी दिनमा बाँके लगायत ठुला शहरमा चलेका यस्ता हाेटलमा अनुगमन गर्ने भएको  छ ।

होटलको इजाजत हरेक ५/५ वर्षमा नवीकरण गर्नुपर्छ । सरकारले नवीकरणका दौरान बक्यौता फरफारक अनिवार्य गरेसँगै होटलहरूको नवीकरण रोकिएको हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय