नेपालगन्ज : सन्जीवनी कलेज अफ मेडिकल साइन्स विपिचाेक नेपालगन्जले नयाँ ढंगबाट अस्पताल सन्चालनकाे प्रक्रीया थालेकाे छ ।
चिकित्सक सहित नर्सिङ गरि करिब ८ सय कर्मचारी माग गरेकाे अस्पतालले सुपरिटेणडनमा बरिष्ठ सर्जन डा. रोमान किडवाईलाई नियुक्त गरेको छ । याेसँगै अस्पताल संन्चालनका प्रक्रीया अघि बढेकाे सन्चालक खुमा अर्याल बताउँछन् ।
यिअघप नेपालगन्ज मेडिकल कलेजका रूपमा रहेकाे याे अस्पताल अब संन्जीवनीका नामले चल्दै छ । तलब बृद्धिकाे निहुँमा यसअघि चलेकाे नेपालगन्ज मेडिकल कलेजका कर्मचारीकाे आन्दोलन अन्तत विना अर्थ तुहिएकाे जस्तै देखिएकाे छ ।
संन्जीवनीले आन्दोलनप्रती वालै नदिएर आफ्ना काम अघि बढाएपछि आन्दोलनबाट केही नहुने देखिएपछि आन्दाेलन हाँकेकाे भन्दै केही अघि फुई लाउने कर्मचारी अहिले संन्जीवनीकै चाकडी र ज्युँज्युमा लागेर जागिर बचाइदिन आन्तरिक हारगुहार र लबिङमा लागेकाे खुलेकाे छ ।
यसअघि सिद्धपाइलाले समाचार लेख्दा आन्दाेलनमा संन्जीवनीका बिरुद्ध नाराबाजी गर्ने कर्मचारी अहिले गुप्तबास जस्तै देखिएका छन । उनीहरू चुपचाप छन ।
सत्य, यथार्थ समाचार लेख्दा पनि अनावश्यक कारण मिडियामाथि अनेक कुरा गर्ने र बदनाम गर्न सक्रिय हुने आन्दाेलनकारी कर्मचारीकाे कमेन्ट् स्क्रिनसट सहित नामावली तयार भैरहेकाे छ ।
आफ्नै जागिर धरापमा हुने निश्चित भएपछि उनीहरू अहिले सन्जीवनी टीमसँग कसरी नजिकिने दाउमा रहेकाे आन्दोलनमै सहभागी एक कर्मचारी बताउँछन् ।
आन्दाेलनका क्रममा सत्य समाचार लेख्दा सिद्धपाइलालाई गाली गलाैज गर्दै केही कर्मचारीले पत्रकार पैसामा बिकेकाे आराेप लगाएका थिए । अब ती कर्मचारीले कुन पत्रकार कति पैसामा काेसँग बिकेकाे हाे ? यसकाे जवाफ दिनुपर्ने भएको छ ।
अन्यथा आन्दोलनमा समाचार लेखेकै कारण पत्रकार र मिडियाममथि तथानाम लेख्ने, बाेल्ने, गालीगलाैज गर्ने, पैसामा बिकेकाे भनी आराेप लाउने कर्मचारी बिरुद्ध उजुरी दर्ता हुने भएको छ ।






