नेपालगन्ज : बाँकेका एसपी अंगुर जीसीले सुरक्षा व्यवस्थापनमा लाग्ने र हरेक दिन आफ्नाे अन्तिम दिनका रूपमा रहने बुलन्द बाेली भाइरल बनाएकाे २४ घण्टा नबित्दै लग्दहवा क्षेत्र आइतबारदेखि तनावग्रस्त बनेकाे छ ।
नेपालगन्जकाे १८ नम्बर वडामा पर्ने लग्दहवा गाउँमा स्थानीय बिच भएको लफडा/ झडपमा बाँके एसपीले सुरक्षा व्यवस्था दरिलाे बनाउनन नसकेकाे देखिएको छ ।
एसपी जीसी सहित डिएसपी दीपक पातली इनिस्पेक्टर यमबहादुर मल्लकाे टाेलीले स्थानीय बिचकाे बिवाद सुल्झाउन नसक्दा नेपाली सेना र शसस्त्रकाे सहायता लिनुपरेकाे स्थानीय प्रत्यक्षदर्शी बताउँछन् ।
उक्त लफडामा डिएसपी पातली, इनिस्पेक्टर मल्ल लगायत केही स्थानीय जनप्रतिनिधिलाई समेत सामान्य चाेट पटक लागेकाे भनिएको छ ।
तर, बाँके प्रहरीका डिएसपी पातली लग्दहवामा स्थानीय बिच लफडा भएको र उक्त लफडा कन्टाेल गर्ने क्रममा आफुलाई पनि सामान्य चाेटवटक लागेकाे बताउँछन् ।
याे घटनाले बाँके एसपी जीसीले आइतवार विहान पत्रकारलाई साक्षी राखेर देखाएको दम्ब पहिलाे गाँसमै ढुङ्गा जस्तै भएको छ ।
डिएसपी पातलीका अनुसार लग्दहवा क्षेत्रमा सुरक्षा व्यवस्थापन गरिएको छ । तर, त्यहाँ फेरि पनि जुनसुकै अबस्थामा स्थानीय बिच लफडा हुनसक्ने सम्भावना देखिएको छ ।
यतिमात्र हाेइन एसपी जीसी बाँके आएकाे हप्ता दिनमै धेरै ठाउँमा स्थानीय देखि पत्रकारका घरमा समेत चाेरी डकैती भएको छ । तर, यसकाे नियन्त्रण र चाेरीकाे खाेजीमा बाँके पुलिस उदासीन छ ।






