नेपालगन्ज : सरकमरले राजस्व अनुसन्धानलाई आफ्नो मतहतमा राखेर राजस्व छलीलाई रोक्न उद्देश्यसाथ काम गर्ने राणनीति बनाए पनि नेपालगन्ज भन्सारमा बिचौलियाहरूको चलखेल देखिएको छ ।
कर्मचारी र सरकारी एजेन्टकाे मिलेमतोमा स्थानीय बिचाैलियाकाे चलखेल बढने गरेकाे छ । यसकाे राेकथाममा भन्सार हाकिम उदासीन छन । सरकारले बिचाैलिया राेक्न परिपत्र गरेकाे छ । तर, नेपालगन्ज भन्सार प्रमुख जनादन आचार्यले यसलाई कार्यान्वयनमा ल्याउन सकेकाे देखिदैन ।
भन्सार जाँचपासका नाममा इजाजतप्राप्त भन्सार एजेन्टबाहेकका व्यक्तिको संलग्नता, इजाजतपत्रको दुरुपयोग तथा कानूनले तोकेको प्रक्रियाविपरीतका गतिविधि हुँदै आएको भन्दै पछिल्लो समय भन्सार प्रणालीको कार्यशैलीमाथि प्रश्न उठ्दै आएको छ।
यस्ता गतिविधिले भन्सार प्रशासनको पारदर्शिता र उत्तरदायित्व कमजोर बनाउनुका साथै राज्यको राजस्व सुरक्षामा समेत जोखिम बढाएको छ ।
कानूनले तोकेको प्रक्रियाबाहिर गएर हुने गतिविधिले राजस्व सुरक्षा कमजोर पार्नुका साथै वैध रूपमा व्यवसाय सञ्चालन गरिरहेका भन्सार एजेन्टलाई समेत प्रतिकूल असर पारेकाे एजेन्टहरु नै बताउँछन् ।
अहिले पनि नेपालगन्ज भन्सार जमुनाहमा बिचाैलियाकाे अनाधिकृत राज नै चलेकाे छ । श्रोतका अनुसार अहिले यहाँ १४ जना सरकारी आधिकारिक एजेन्ट छन ।
तर, २५/३० जना बिचाैलियाले राज गर्दै आएका छन । यी बिचाैलियाले एउटा फाइलमा सहि गराए वाफत कर्मचारीलाई समेत रक दिने र व्यवसायीबाट माेटाे रकम असुल्ने गरेका छन ।
यसरी बिचाैलियाले राज गर्दा नक्कली बिल, वस्तुको गलत वर्गीकरण र मिलेमतोमार्फत राज्यको राजस्वमा नोक्सानी हुने गरेकाे भन्सारकै अधिकारीहरु बताउँछन् ।
भन्सार विभागले यसलाई राेक्न नीति तथा विधि बनाएपनि बाँके लगायतका भन्सारमा अहिलेसम्म कार्यान्वयन हुन नसक्दा समस्या जस्ताकाे त्यस्तै छछ । भन्सार प्रमुखदेखि बाँकेका सिडिओ समेत बिचाैलिया राेकथाममा चुपचाप देखिएका छन ।






