ट्रेण्डिङ

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजकाे नाम परिवर्तन भई सन्जीवनी कलेज अफ मेडिकल साइन्स भएको छ । तत्कालीन नेपालगन्ज मेडिकल कलेजमा सन्जीवनीकाे बाेड टाँसिएको छ ।

तरफ अस्पताल सन्चालन र काराेवार अहिले सन्जीवनीका नामबाट भएको छैन । जनस्वास्थ्य कार्यालयले सन्जीवनीका नाममा सन्चालन अनुमति दिइसकेकाे र लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयमा अनुमति प्रप्तीका लागि प्रक्रीया अन्तिम चरणमा रहेकाे सन्जीवनीका अधिकारी श्याम शर्मा बताउँछन् ।

नेपालगन्ज मेडिकल कलेज अबदेखि नेपालगन्जमा सन्जिबनी कलेज अफ मेडिकन साइन्सको नामबाट संचालन हुने छ । उनले भने ” नेपालगन्ज मेडिकल कलेजको नामबाट कोहलपुरमा मात्र संचालन हुनेछ ।”

अहिले आन्दोलनमा रहेका कर्मचारी सन्जीवनीका नभई नेपालगन्ज मेडिकल कलेजका हुन उनी भन्छन ” सन्जीवनीले त भर्खर कर्मचारीका लागि आवेदन खाेलेकाे मात्रै  छ । कर्मचारी राखिसकेकाे छैन ।”

नेपालगन्ज मेडिकल कलेजका कर्मचारी अब काेहलपुर जाने हाे सन्जीवनीमा त नयाँ  आवेदनबाट कर्मचारी आउछन उनले भने ” मेडिकल कलेजका कर्मचारीले नेपालगन्जमा आन्दोलन, हाेहल्ला गरेर केही  हुँदैन । सन्जीवनीमा जागिर गर्न सन्जीवनीले खाेलेकाे आवेदन अनुसार आउन पर्छ ।”

सन्जीवनीकाे  नाउँमा याे कलेज र भवन रहेकाेले आफ्नाे घरमा आफ्नाे बाेड राख्नुलाई विवादित बनाउनु र अनावश्यक कुरा गर्नुकाे कनै अर्थ छैन उनले भने ” आफ्नाे घरमा आफ्नाे बाेड रद्न पाइन्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय