नेपालगन्ज : बाँकेका एसपि तुलबहादुर कार्कीका गतिविधि बिरुद्ध यहाँका महिला अधिकारकर्मीले चेतावनीसहितकाे प्रश्न गरेका छन । महिला अधिकारकर्मी भनिने रुबी खान बाँके प्रहरी सुध्रीने कहिले ? भनेर प्रश्न गरेकी छन ।
उनले सामाजिक सन्जाल फेसबुक मार्फत बाँके एसपि कार्कीले पीडितलाई दबाएर धम्क्याएर मिलापत्र गर्न लगाउने पिडितले जबरजस्ती मिलापत्र गर्न मानेन भने पिडकको जाहेरी समेत दर्ता गरी उल्टो कार्यवाही हुन्छ भनी धम्क्याउने पनि न्याय हो र एसपि तुलबहादुर कार्की ज्यु ? पटक पटकको तपाईहरु को यो कर्तुत बांकेका नागरिकले कति सहने ? भनी प्रश्न समेत गरेकी छन ।
बलात्कृत महिलाको मुद्दा नै दर्ता नगरी उनै महिला माथि बहुबिवाह जस्तो अपराधमा मुद्दा दर्ता गर्ने र थुन्ने बलात्कारको जाहेरीमा अदालतको आदेश पछि मात्रै दर्ता गर्ने अभियुक्तलाई अहिले सम्म पनि पक्राउ नगर्ने के हो सर, यो अति भएन र उनले थप प्रश्न गर्दै याद राख्नु होला महिला अधिकार मन्चले जानकारी पाए सम्म कुनै पनि महिला माथि अन्याय हुन दिदैन न्यायका लागी हामी निरन्तर खबरदारी गरी रहन्छौ भनेर चेतावनी दिएकी छन ।
उनशि लेख्छिन “न्याय प्राप्तीमा शक्ती र सत्ताको दबाव प्रभाव कुनै पनि हालतमा स्वीकार्य हुंदैन खबरदार ! सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।”
पछिल्लो समय बाँकेमा बलात्कार लगायतका घटना बढेका छन । उजुरी परेका छन तर, आराेपित पक्राउ गर्न पुलिस उदासीन रहेकाे चाैतर्फी गुनासाे आइरहेकाे छ ।






