ट्रेण्डिङ

नेपालगन्ज :  काङ्ग्रेस बाँकेभित्र यतिवेला उप्रदै रडाकाे मच्चिएको देखिएको छ । काङ्ग्रेस सहमहामन्त्री किशाेर सिंह राठौरले महामन्त्री गगन थापालाई बाेलाएर उनकाे नाम भजाएर जिल्लाका नेताले पैसा (चन्दा) उठाएर खाएकाे आराेप लगाएका छन ।

बाँकेमा भएको एक सार्वजनिक कार्यक्रममा बाेल्दै सहमहामन्त्री राठौरले यस्ताे आराेप लगाएपछि यतिवेला काङ्ग्रेस बाँकेका तलदेखि माथिसम्मकै निताकमे निदहराम भएको छ ।

यतिवेला काङ्ग्रेस गुट/ उपगुटले थन्थिला परेकाे छ । यस्ताे अबस्थामा राठौरले गगन थापा पार्टी सभापती भए  काङ्ग्रेस चार टुक्रा पारिदिने भन्दै १५ औं महाधिवेशनमा आफ्नाे पावर देखाइदिने चेतावनी समेत दिएका छन ।

पार्टी बनाउने नाममा महामन्त्री थापा गुट विस्तारमा लागेको आरोप लागेकाे आराेप  लगाउँदै राठौर   महामन्त्री थापा गुटको राजनीति गर्दै पार्टी भित्र अराजकता बढाउने काम गरिरहेकाे बताउँछन ।

विधि, विधान र प्रक्रियाभन्दा बाहिर गएर महामन्त्री थापालाई अराजकता गर्ने छुट नभएको सहमहामन्त्री  राठौर बताउँछन् ।

महामन्त्रीले जे पायो त्यही गर्न पाइन्छ ? ठिक छ लडाई लड्ने हो भने १५ औं महाधिवेशनमा हेरौला उनले भने ” पार्टी बनाउने नाममा गुट बनाउने र अराजकता गर्ने छुट महामन्त्री गगन थापालाई छैन । उनका कारण पार्टी अराजक ढंगबाट अघि बढेको छ ।”

आफू पार्टी सभापति भए अधिकतम न्याय गर्ने, पार्टीलाई अनुशासित र मर्यादित बनाउने दावि गर्दै राठौरले पार्टीको नेतृत्व लिने आफूभन्दा अर्को कोही नभएको  दाबी समेत गरेका छन ।

राठौरले थापालाई मात्रै  नभई शेरबहादुर देउवालाई समेत लक्षित गर्दै आगामी महाधिवेशनमा आफुलाई उम्मेदवार नबनाएर देखाइदिने समेतकाे घुर्की लगाएका छन ।

बाँकेका पार्टीका सभापति र सचिवलाई विधान पढ्न सुल्झाउँदै राठौरले  पार्टीविरुद्ध लडेकालाई पार्टी प्रवेश गराउने कार्य हास्यास्पद र लाजमर्दो कुरा भएको उल्गरेका छन ।

गगनलाई ल्याएर पार्टी विद्रोह गरेका ब्यक्तिलाई प्रवेश गराइदिनु भयो । लाजशरम छ की छैन तपाईहरुलाई ? बाँँकेेकाे पार्टी नेतृत्वसँग उनले प्रश्न समेत गरेका छन ।

दुई नम्बर क्षेत्रको वडा सम्मेलन भएको छैन, पालिका सम्मेलन भएको छैन, प्रदेश सम्मेलन भएको छैन । क्षेत्रीय सम्मेलन गरिदिनुभयो उनले भने ” त्यो पनि जिल्ला सम्मेलन भएपछि ।”

यो त  महामन्त्री  थापाको नाममा पैसा उठाएर खाने काम गरिदिनुभयो । ४ वर्षसम्म वडा सम्मेलन किन हुन सकेन ? कसले छानविन गर्नुपर्ने हो ?’ उनकाे अर्को जिज्ञासा थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय