ट्रेण्डिङ

नेपालगन्ज : सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि (नेपालगन्ज मेडिकल कलेज) का सन्चालक खुमा अर्यालले मेडिकल कलेजमा कर्मचारीले गरिरहेको आन्दोलनकाे अर्थ नभएको  बताएका छन।

कलेजले कर्मचारीका सबैखाले माग सम्बाेधन गरिसकेकाे बताउँदै अर्यालले भने “मेरै गाेरुकाे बाह्रै टक्का भनेर केही हुदैन ।”

सिद्धपाइला अनलाइनसँग टेलिफाेन कुराकानी गर्दै  अर्यालले आन्दोलनमा उठेका माग कलेजले पूरा गरिसकेकाे छ , कर्मचारी उफ्रिनुकाे अर्थ नहुने बताए । उनले भने ” कनाैडिया जिले सब बिगार्नु भा रछ, अब त्यस्ताे हुँदैन  ।”

निजि क्षेत्र हाे काम गर्न मन भए अस्पतालकाे मापदण्डमा रहेर काम गर्ने उनी भन्छन “नभए  घर जाने जति उफ्रिए पनि अरु केही  हुनेवाला छैन ।”

अस्पताल आन्दोलन क्षेत्र  हाेइन, आन्दोलनका निहुँमा  अस्पताल अस्तव्यस्त बनाउने र नेतागिरी गर्नेलाई कर्मचारी मान्न सकिदैन उनले भने ” बरु अस्पताल बन्द हाेला जे पायाे त्यहि हुन दिइदैन ।”

अस्पतालका लागि नयाँ  कर्मचारी  मागिएकाे छ उनले भने ” काम नगर्ने हाटा गरेर तलव खान खाेज्ने, आन्दोलनका नाममा अस्पताल अस्तव्यस्त गराउन खाेज्ने, नेतागिरी गर्ने कर्मचारीले घर जाने तयारी  गर्दा हुन्छ  । उफ्रिएर केही हुनेवाला छैन ।”

तर, आन्दोलनका कारण अस्पतालको सेवा प्रभावित छ ।  नागरिकले सास्ती भाेगिरहेका छन ।  आन्दोलन कै बिच अस्पतालमा सञ्जीवनीको बोर्ड लागेको छ भने ठूलो मात्रामा कर्मचारीको माग गरिएको छ ।  जसले आन्दोलनमा रहेका र पुराना कर्मचारीलाई अब घर पठाउने कलेजकाे याेजना देखिएको छ ।

कलेजले विभिन्न विभागमा गरेर ८ सय ९५ जनाको पदमा रोजगारी माग गरेको छ । कलेजले निकालेको सूचना अनुसार अस्पताल र कलेजका लागि सबैभन्दा धेरै नर्सिङ जनशक्तिको माग भएको छ ।

कलेजले ४ सय जना नर्सका लागि रोजगारी खुला गरेको छ । कलेजले कन्सलटेन्ट डाक्टरदेखि मेडिकल अफिसर र फार्मेसी देखि ल्याबसम्मका विभागमा जनशक्ति माग गरेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि बुटवलमा रहेको थियो । गत साउनमा उक्त कलेज नेपालगन्ज हस्पटिल एन्ड रिसर्च ट्रेनिङ सेन्टर प्राली सँग मर्ज भएको थियो ।

मर्ज भएपछि कलेजको नाम सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि भएको र बुटवलबाट नेपालगन्जमा स्थानान्तरण भएको अर्याल बताउँछन् ।

अर्यालले केही दिन अघि दाङमा रहेको ५ सय शय्याको अस्पताल सञ्चालनका लागि पनि ८ सय भन्दा बढी जनशक्ति माग गरेका थिए । अर्यालले नै दुई वटा कलेजमा गरेर १७ सय जनाभन्दा बढीलाई रोजगारी दिन लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय