Thursday, September 17, 2026

नेपालगन्ज :   नेकपा एमालेभित्र पुनर्गठनको आगो सल्किएपछि अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक जग नराम्ररी हल्लिएको छ।

पुनर्गठन कार्यदल र पार्टी सचिवालयमै सोलोडोलो अल्पमतमा परेपछि ओली आफ्नै हैकमवादी नीतिको चक्रव्यूहमा फसेका छन्।

हिजोका आफ्नै सारथिहरू विष्णु पौडेल र शंकर पोखरेलले समेत विद्रोह गरेपछि रन्थनिएका ओली अन्ततः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको शरणमा पुगेका छन्।

गत वर्ष साउनमा आफ्नै तजविजमा भण्डारीको पार्टी सदस्यता खोस्न लगाएका ओलीले अहिले कुर्सी धरापमा पर्दा अरूसँग सल्लाह नै नगरी एकाएक सदस्यता नवीकरण गरिदिएका थिए।

बालुवाटार पुगेर अढाई घण्टा हारगुहार गर्दै ओलीले “विष्णु र शंकरहरूले पार्टी चलाउनै सक्दैनन्” भन्दै आफ्नै विश्वासपात्रहरूको क्षमतामाथि प्रश्न उठाए।

तर, पूर्वराष्ट्रपति भण्डारीले भने सोझै ऐना देखाउँदै झाँको झारिदिएकी छन्— “हिजो साथ दिनेहरू किन विपक्षमा उभिए? अल्पमतमा परेर पनि यसरी पार्टी चल्छ?”

काम सकिँदा लत्याउने र संकट पर्दा हात जोड्न पुग्ने ओलीको यो ‘बालुवाटार यात्रा’ले उनको राजनीतिक लाचारी र घट्दो साखलाई छर्लङ्ग पारेको छ। आफ्नै घमण्डको खाडलमा पुरिने डरले अरूलाई गुहार्ने ओलीको यो अन्तिम कार्डले उनको कुर्सी जोगिएला त?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय