ट्रेण्डिङ

नेपालगन्ज : बैकुण्ठधाम महायज्ञमा समेत कमिशन र कमाउधन्दा हुन थालेकाे  सामाजिक सन्जालमा मात्रै  नभई शहरगाउँमा  पनि चर्चा भैरहेकाे छ ।

यसमाथि निगरानी गर्न  सामाजिक सन्जाल मार्फत नै बाँके सिडिओ र अख्तियारकाे समेत ध्यानाकर्षण गराइएको देखिएको छ ।

बैकुण्ठधाममै सहभागी केही  व्यक्तिले नै आफ्नाे सामाजिक सन्जाल फेसबुकमा स्टाटस र कमेन्ट् लेख्दै बैकुण्ठधाममा कमिशनकाे खेल शुरु भएको उल्लेख गरेका छन ।

स्थानीय हेमन्त कर्माचार्यले लेखेकाे स्टाटस र त्यसमा आएका कमेन्ट्ले पनि बैकुण्ठधाममा शबदाहगृह बनाउने नाममा कमाउधन्दा हुन लागेकाे स्पष्ट भएको छ । यस बिषयमा सिद्धपाइलाले शुरुआत देखि आवाज उठाउदै निगरानी गरिरहेकाे छ ।

शुरुआतमै सिद्धपाइलाले बैकुण्ठधामका नाममा जग्गा प्लटिङ्ग, राजनिती छलाङ्ग र सेलिब्रेटिकाे पकडि बाध्ने काम भैरहेकाे भन्दा केही मनुवालाई चित्त बुझेकाे थिएन । अहिले पनि बुझेकाे छैन । तर, उनीहरूकाे नियत दिनप्रतिदिन उदाङ्गिदै छ ।

आखिर अहिले सामाजिक सन्जालमा आएका लेख, स्टाटस, कमेन्टले बैकुण्ठधाम र यसकाे समितिका पदाधिकारीकाे नियत छलङ्ग पारेकाे छ ।

यतिसम्म कि सामाजिक सन्जालमा बैकुण्ठधाम महायज्ञमा व्यक्तिगत रूपमा दिइने दानका वारे समेत प्रश्न उठेकाे छ ।

एउटा व्यक्तिले ५/१०/१५/२० वा साे भन्दा माथि दान स्वरुप रकम दिएकाे भनिएपछि अहिले यसरी दान दिने व्यक्तिको आम्दानीको श्रोत  र सम्पति विवरणकाे खाेजि गर्नुपर्ने आवाज उठेकाे छ ।

खजुराका ऋषि पाेखरेल लगायतले फेसबुकमा स्टाटस लेख्दै यसर लाखौं दान गर्ने ब्यक्तिकाे ब्यक्तिगत सम्पति र आयविवरण खाेजि गर्नुपर्ने भन्दैमा स्थानीय  प्रशासन र अख्तियार तथा सम्पत्ति शुद्धीकरण आयाेगकाे ध्यानाकर्षण गराएका छन ।

अहिले सामाजिक सन्जाल हेर्दा बैकुण्ठधामकै राेइलाे, खुराफात, समितिकाे हर्कतका वारे व्यापक आलोचना हुने गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय