ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे जमुनाह नाकामा सशस्त्र पुलिसका असई बिरजङ्ग रावलकाे दादागिरी बढेकाे देखिएको छ ।

बन्दुक र बर्दीकाे आडमा रावलले सर्वसाधारणलाई अनाहकमा सास्तीदिने, दुर्ववहार गर्ने, तस्करसँग मिलेर असुली गर्ने गरेकाे उनकै सहयाेगी समकक्षी सशस्त्र पुलिस नै बताउँछन् ।

जमुनाह नाकामा हाकिमकाे  ठुलाे पावर लगायर दैनिक डियुटी मिलाउने र नागरिक माथि अचाक्ली गर्ने काममा अहिले उनकाे भुमिका बढेकाे भनिएको छ ।

भारतबाट घरायसी सामान वा थोरै किनमेल गरेर फर्किने सर्वसाधारणका झोलाहरू समेत एक-एक गरी कडा रूपमा जाँच गर्दा नाकामा लामो लाइन लाग्ने र सास्ती खेप्नुपरेको नागरिक बताउँछन्

घर खर्चका लागि भारतको रुपैडिहाबाट ल्याइने चिसो पेय पदार्थ वा सानातिना खाद्यान्नका झोलाहरू समेत चेकजाँचका नाममा खोतलेर सर्वसाधारणलाई दुःख दिने गरिएको छ ।

मुख्य नाकामा सर्वसाधारणलाई कडाइ गरे जस्तो देखाएर ठूला तस्करहरूलाई भने सेटिङमा सहजै सामान भित्र्याउन दिइएको आरोप रावलमाथि  स्थानीयले लगाएका छन्।

प्रहरी बल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरीका अनुसार भारतबाट राजस्व छलेर अवैध रूपमा भित्रिने सामान रोक्न नियमित प्रक्रिया अन्तर्गत नै चेकजाँच कडा पारिएको हो।

फाइल तस्बिर :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय