नेपालगन्ज : बाँकेको नेपालगन्ज शहरमा हाेटल पर्यटनमा टेवा पुर्याउने लक्ष्य अनुसार हेरिटेज पिस प्लाजा संचालनमा आएकाे छ ।
नेपालगन्ज ५ निवासी २४ बर्षिय युवा शिवम गुप्ताले चार कराेड लगानीमा उक्त हाेटल संचालनमा ल्याएका हुन ।
हाेटलमा खाना नास्तासँगै वासकाे पनि व्यवस्था छ । यहाँ एसीसहितका ३५ वटा काेठा रहेका छन ।हाेटलमा क्याफे माेजाे पनि संचालनमा छ ।
अत्याधुनिक मेशिनबाट अमेरिकानाे, क्षाफेचिनाे लगायत विभिन्न किसिमका कफीकाे स्वाद लिन सकिने क्याफेका मेनेजर( बारिष्टा) अन्जु भण्डारी बताउँछिन् ।
भविष्यमा यु हाेटललाई पार्टी प्यालेसका रूपमा विकसित गर्ने याेजना रहेकाे संचालक गुप्ता बताउँछन् ।






