नेपालगन्ज : बाँकेकाे वन पैदवार व्यवसायी संघमा पछिल्लो समय आन्तरिक लफडा चुलिने गरेकाे देखिएको छ । आर्थिक हरहिसाब गायबदेखि टेण्डरमा दादागिरी र समुहगत मनाेमानीले आपसी लफडा देखिएको हाे ।
स्मरणहाेस : यसअघिकाे समित अन्तर्गत आर्थिक असुली उपसमिति संयाेजकबाटै करिब ४७ लाख हिनामिना भएको भनिएको छ । तर, यसकाे पारदर्शी हिसाब अहिले पनि संघमा नआएको संघका पदाधिकारी बताउँछन् ।
केही ठेकेदारहरू अहिले पनि थुनामा छन भने केहीले मस्ती काटिएका छन । व्यवसायी नेता भनिएकाहरु थुनामा रहेकालाई छुटाउने तर्फ नभई उनीहरू थुनामै रहँदा यता कसरी टेण्डर हत्याउने भन्ने दाउमा छन । अहिले बाँकेमा दुई सयबढी सामुदायि सहितका वन छन ।
करिव डेढ सय व्यवसायी छन । तर, यहाँ वनकने सुचना पाउनेदेखि टेण्डर खुल्दा फाराम भर्ने र कसैलाई टेण्डर पार्ने, कमिशन कति लिनेसम्म सेटिङ्ग केही नेता मानिएकाले गरिरहेकाे व्यवसायी नै बताउँछन् ।
अनुमानित डेढ सय सक्रिय ठेकेदारमध्ये प्रमाेद जलान/ सुरेश चन्द/ रविन्द्र लम्साल / निरन्जन सिजापति/ प्रदीप शाह/ लालविर खडका/ / तिलक केसी लगायत ठेकेदारकाे कब्जामा यहाँका वन र वन पैदावार संघ तथा वन कार्यालय रहेकाे श्रोत बताउँछ ।
यहाँ याे वा त्याे ढंगबाट यिनिहरुकै राज चल्ने गरेकाे छ एक व्यवसायीले भने ” हामी त टेण्डर खुलेकै थाहा पाउँदैनाै ।” जसमा वनका केही अधिकृतकाे समेत मिलेमतो हुने गरेका् खुलेकमे छ ।
पछिल्लो समय नेपालगन्जका क्याफे/ रेष्टुरेन्टमा यस्ता व्यवसायी बिच डिलिङ्ग र आर्थिक चलखेल तगा मिलेमताे हुँदै आएकाे स्पष देखिन्छ । तर, उनीहरू यस्ताे सहज स्वीकार्न तयार छैनन ।
बाँकेमा बर्सेनि ३ लाख बढी काठ उत्पादन हुने गरेकाे वन कनर्यनलय बताउँछ ।बाँकेमा अहिले सरकारी संरक्षित क्षेत्रबाहेक २४७ वन क्षेत्र छन् । तीमध्ये ११९ सामुदायिक, चार धार्मिक र १२४ निजी वन रहेका छन् ।
बाँकेमा कूल एक लाख १९ हजार ९३९ हेक्टर वन क्षेत्रमध्ये ५२ प्रतिशत बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत पर्दछ भने बाँकी ४८ प्रतिशत डिभिजन वन कार्यालयको कार्यक्षेत्रमा पर्ने कार्यालय बताउँछ ।






