ट्रेण्डिङ

नेपालगन्ज : गृहजिल्ला डडेलधुरा पुगेका काङ्ग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई स्थानीयले लखेटेका छन ।

चुनावताका गरेका बाचा पूरा नगरेकाे भन्दै देउवा बिरुद्ध उत्रिएका स्थानीयले देउवा बिरुद्ध हल्ला गर्दै लखेटेका हुन । देउवाले चुनावपछि सुदुरपश्चिमकाे राजधानी धनगढीबाट डडेलधुरा सर्ने भन्दै  ललिपप देखाएका थिए ।

तर, अहिले यस प्रदेशकाे राजधानी सार्ने त परै जाओेस डडेलधुरा सडक समेत कालाेपत्रे गर्न र समृद्ध डडेलधुरा  निर्माणमम देउवा उदासीन रहेकाे स्थानीयकाे आराेप छ।

देउवा गएको चुनावपछि वा दुई बर्षपछि गृहजिल्ला गएका थिए । नागरिक यसरी बिराेधमा उत्रिएपछि सुरक्षाकर्मीलाई देउवाकाे सुरक्षा व्यवस्थापनमा हम्मेहम्मे परेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय