नेपालगन्ज : संघिय राजधानी काठमाडौँको डिल्लीबजारमा रहेको नेपालकाे प्रमुख कारागार यतिबेला सुर्खेतका युवा तथा सरकारका कलिला उपसचिव पुर्ण खत्रीले हाँकिरहेका छन ।
सुर्खेतकाे गुर्माकाेट नगरपालिकाबाट सरुवा भएर गएका उपसचिव खत्रीले त्यहाँको प्रशासनसँगै विविध अपराधमा रहेका व्यक्तिलाई उचित व्यवस्थापन गरिरहेका छन । अहिले उक्त कारागार खत्रीकाे कमाण्डमा छ ।
कारागार ऐन २०१९ अन्तरगत सञ्चालनमा रहेको यो कारागार १५० वर्ष पुरानो राणाकालीन समयमा निर्मित भवनमा रहेको छ ।
४ रोपनि जग्गामा फैलिएको यस कारागारमा पुरुष कैदी तथा थुनुवा मात्रै राख्ने गरिन्छ जसमा विदेशी कैदी पनि पर्दछन ।
सरकारी न्यायिक तथा अर्ध-न्यायिक कार्यालयहरूबाट निर्णय भएर थुनामा बस्नुपर्ने कैदीको रूपमा वा अनुशन्धानको शिलशिलामा थुनामा राख्नुपर्ने व्यक्तिलाई यस कारागारमा राख्ने गरिएकाे उपसचिव खत्री बताउँछन् ।
अहिले यहाँ गुण्डा नाईके मानिएका राजिव गुरुङ उर्फ दीपक मनाङ्गे समेत उनकै अन्डरमा छन । ठुला अपराध र विविध घटनामा सहभागी धेरै व्यक्ति रहने याे कारागार व्यवस्थापनमा उत्तिकै चुनाैती र जाेखिम पनि छ ।
उनका अनुसार ज्यान मार्ने उद्योगको कसुरमा दोषी भएपछि पक्राउ परेका गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङे)लाई डिल्लीबजार कारागारको ख ब्लकमा राखिएको छ ।
तर, युवा उपिचिव खत्री भने यस कारागारकाे प्रशासन सन्चालन व्यवस्थापनमा लागि अब्बल मानिएका छन
विदेशी कैदी बन्दी र राजनीतिक व्यक्तित्वहलाई यस जेलमा थुनिने गरेकाले यो जेल चर्चामा रहने गरेकाे छ ।






