नेपालगन्ज : श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधिका रुपमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना २००६ वैशाख १० मा भएको मानिन्छ । पुष्पलालले ‘नेपालको कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास’मा नेकपा स्थापनपछि पार्टीको निर्णय अनुसार ‘मार्क्सवादी अध्ययन मण्डल’ गठन गरेर त्यससम्बन्धी अध्ययनलाई व्यवस्थित बनाएको उल्लेख गरेका छन् ।
जनताको वर्गीय र सामाजिक मुक्ति, नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको रक्षा, जनतामा निहित सार्वभौमसत्ता र लोकतान्त्रिक प्रणालीका लागि सञ्चालित सामन्तवाद– साम्राज्यवाद विरोधी सङ्घर्षका क्रममा विकास हुँदै; फुट, विभाजन तथा एकताका अनेक उतार–चढाव पार गर्दै एवम् राज्य सञ्चालनका समेत अनुभवहरु हासिल गर्दै अघि बढ्ने क्रममा यो पार्टी आज नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) का रुपमा स्थापित छ ।
यस पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवाद हो । नेपाली समाजमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीयलगायत सबै प्रकारका समस्याहरुको पहिचान र तिनको समाधानका लागि माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै अघि बढ्ने क्रममा जननेता मदन भण्डारीको अगुवाइमा जनताको बहुदलीय जनवाद विकास भएको हो । यस नवीनतम वैज्ञानिक सिद्धान्तले हामीलाई हाम्रा सम्पूर्ण कामहरुमा समाजवाद स्थापना र कार्यान्वयनको चरणसम्म पनि मार्गदर्शन गर्नेछ ।
तर, अहिले एमाले पार्टी अध्यक्ष केपी शर्मा ओेलीकाे दवङ्गता, दादागिरी, मनपरितन्त्र र दमनकारी भुमिकाले हजारौं नेता, कार्यकर्ता र शुभेच्छुकमा यतिबेला निराशा छाएकाे सत्य हाे । यसलाई केही ओली निकट हनुमान र झाेलेले नस्वीकार्य पनि यथार्थ यहि हाे । आज एमाले ओेलीकै अराजक गतिविधि र निर्णयले ध्वस्त हुने अबस्थामा देखिएको छ । लाेकतान्त्रिक मुलुकमा आफ्ना विचार राख्न नपाउनु, टिकाटिप्पणी र आलोचना गर्न बन्देज लगाउनु याे भन्दा अर्को तानाशाही प्रबृति के हुन सक्ला र ? जाे अहिले ओली महाराजले आफ्नै दलका नेता, कार्यकर्तामाथि गरिरहेका छन । राजनीति दल कसैकाे पेवा हुँदैन । हिजाे मदन भण्डारी, पुस्पलाल, जीवराज, मनमाेहन, भरतमहाेेन नेतृत्वमा थिए । आज केपी ओली छन । भाेली काेही हाेलान तर, यसलाई आफ्नाे पेवा र सम्पति ठान्नु गलत हाे । यसमा ओेली महाराजकाे ध्यान जान जरुरी देखिन्छ । अहिले महाराजकै कारण एमाले : ओेली कम्पनीमा परिणत भैसकेकाे छ । राजनिति दलमा नागरिक वा कार्यकर्ता माथि दमन हुन हुँदैन । दलका सकारात्मक वा नकारात्मक हरेक पक्षमा नागरिक सहभागी हुन पाउन पर्छ । टिप्पणी, आलाेचना र फरकमत राख्न पाउनुपर्छ । याे ओेली कम्पनीमा देखिएन । फरकमत राख्दा स्पष्टीकरण दिनुपर्ने, कारवाही भाेग्नुपर्ने र सधै हनुमानगिरी, चाकडी गर्न सक्नुपर्ने एमालेकाे नीति, सिद्धान्त भित्र पर्दैन सायद ।
यो पार्टी संविधानको सर्वोच्चता, विधिको शासन, बहुलवादी खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जनताका प्रतिनिधिद्वारा शासन प्रणालीको सञ्चालन, स्वतन्त्र न्यायपालिका र मानवअधिकारको प्रत्याभूति लगायत लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यताप्रति प्रतिबद्ध छ भनिएको छ तर केपी राजमा याे हुन सकेकाे देखिदैन । केन्द्रीय तहमा ओेली राज चलेसँगै बाँकेमा सुनिर समुहकाे महाराज चलेकाे छ । अन्य जिल्लामा पनि यसकाे प्रभाव देखिएछ । यसले केपी राजमा झाेले र हनुमानले एमाले सिध्याँउदै छन भन्नेमा कहीँकतै भ्रममा नपर्दा हुन्छ । अहिले टुक्रिएका कम्युनिस्ट पार्टी पनि ओलीराज पछि एक ठाउँमा आएर विशाल कम्युनिस्ट बन्नेमा दुईमत छैन ।
कुनै वेला मदन भण्डारीले भनेका रहेछन “केपी ओलीलाई झुक्किएर पनि जिम्मेवारी र पदमा नपुरयाउनु, उसले पार्टी लाई दुर्घटनामा पुर्याउछ ” हुन पनि अहिले ओली प्रबृति देख्दा उस्तै जस्तै लाग्न थालेकाे छ । यसर्थ एमालेलाई बचाउने र लक्ष्य अनुसार लैजाने हाे भने आगामी महाधिवेशनबाट ओलीराज कमजाेर हुन जरुरी देखिएछ । राजनीति दल नभई ओली कम्पनी भैसकेकाे एमालेकाे साख जाेगाउन अब बस्ती, गाउँ, शहरमा नागरिक अर्थात एमाले शुभचिन्तक जाग्न जरुरी छ ।






