बाँके : नेपालगन्ज साइकल उत्सव २०८१ यही माघ २४,२५ र २६ गते नेपालगन्ज मा विभिन्न कार्यक्रम सहित गरिने भएको छ ।
जस अन्तर्गत 7th Tour de Thakurdwara 2081 र 3rd Nepalgunj Kidss Race 2081 हुदैछ । साइकिलिङ्ग क्लबको बैठकले विभिन्न उपसमिति गठन गरेकाे अध्यक्ष प्रदीप सापकाेटा बताउँछन् ।
कार्यक्रमका लागि छिटै रजिस्ट्रेसन खुल्ला हुने उनी बताउँछन् । माघ २ गते देखि २० गते सम्म रजिस्ट्रेसन गर्ने समय रहेकोे छ उनले भने ” आफ्नो सिट समय मै सुरक्षित गर्नु होला ।”
विगत केही बर्ष यता क्लबले बाँके र बर्दियाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्म ‘टुर दि ठाकुरद्वारा’ साइकल यात्रा गरिएको छ।






