ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे काेहलपुर नगरपालिकाले निर्माण गर्न लागेकाे नगरकै पुर्वाधार  बन्दा बन्दै  जीर्ण देखिएको छ ।

कराेडाै लागतमा निर्माण गर्न लागिएको  उक्त भवन ठेकेदारकाे ढिलासुस्ती  र नगरपालिकाकै उदासीनताले जीर्ण बनिरहेको  हाे ।

भवनकाे नि्माण पूरा भएको  छैन त भवन निर्ण बनिसकेकाे देखिन्छ काेहलपुरका स्थानीय  भुम भण्डारी भन्छन ” नगरका जनप्रतिनिधिकै लापरवाहीमा करोडौंकाे याेजना बिचमै अलपत्र  देखिएको छ ।”

स्थानीय सरकारको ९ करोड र स्थानीय पूर्वाधार विकास विभागको ६ करोड अनुदानमा साढे ५ तले अत्याधुनिक प्रशासनिक भवन निर्माण गर्न लागिएको नगर प्रमुख आचार्य बताउँछन् ।

दैनिक प्रशासनिक काम गर्न समस्या भइरहेका बेला नयाँ बन्ने भवनले सहजता ल्याउने  विश्वास गरिए पनि अहिले भवन अलपत्र  हुँदा नगरपालिकाले पुरानै भवनबाट असहज सेेवा दिनपरेकाे छ ।

उक्त भवन आगामी २०८१ साल पुस मसान्तभित्र सम्पन्न गर्ने गरी ठेक्का दिइएको थियाे । तर अहिलेसम्म पनि भवन अधुरै मात्रै  नभई नबन्दै जीर्ण  भैसकेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय