ट्रेण्डिङ

नेपालगन्ज :  बाँकेकाे  नेपालगन्ज उपमहानगरपालिका भित्र सञ्चालन भैरहेका करिब एक दर्जन बिभिन्न निजी इन्स्टिच्युट, ट्रेनिङ र ट्यूसन सेन्टरहरू गैरकानुनीरूपमा सञ्चालन भइरहेका छन् ।

सरकारका जिम्मेवार कर्मचारी तथा सरकारी शिक्षक समेतको संलग्नता रहेका कतिपय यस्ता सेन्टर सम्बन्धीत निकायमा दर्ता तगा नविकरण समेत नभएको खुलेको छ ।

१८ महिने र ३ बर्षे प्राविधिक कोर्षका लागि प्रवेश परीक्षा तयारी कक्षा, लोकसेवा र शिक्षा सेवा आयोग तयारी कक्षा, कम्प्युटर तालिम, हाउस वायरिङ तालिम, मोटर वाइन्डिङ तथा बिभिन्न कक्षाका ट्युसन र कोचिङ्ग कक्षा सञ्चालन गर्ने भनि ठूला–ठूला होर्डिङ बोर्ड राखेर संञ्चालनमा रहेका छन ।

यस्ता अधिकांश सेन्टर गैरकानुनी रहेको उपमहानगरपालिका अन्तरगत शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख गाेरख थापा बताउँछन् ।  तर, उपमहानगरपालिकाकाे साे शाखाले बजार अनुगमन भने गर्न चासाे देखाएको छैन ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा नगरपालिकाको नगर शिक्षा नीति–२०७४ को व्यवस्था अनुसार विद्यालय बाहिर अध्यापन–अध्यापन हुने संस्थाहरू स्थानीय सरकारको क्षेत्राधिकारभित्र पर्छन् ।

तर, अहिलेसम्म कुनै पनि इन्स्टिच्युट, ट्रेनिङ सेन्टर र ट्युसन सेन्टरहरू स्थानीय तहमा दर्ताका लागि नआएको कार्यालय बताउँछ

यसरी  संचालित संस्थाले  मनपरी ढंगले शुल्क उठाइरहेका छन । शिक्षा गुणस्तरही दिने तर बिद्यार्थीबाट माेटाे रकम असुल्ने यस्ता संस्थाकाे उपमहानगरपालिकाले मात्रै  नभई स्थानीय  प्रशासनले समेत निगरान तथा अनुगमन गर्न नसकेकाे देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय