ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे नेपालगन्ज २२ मा रहेकाे पुरैनीमा सिंचाइका लागि गाडिएको बाेरिङ्गमा ताला लगाइएको छ ।

यहाँ यसरी बाेरिङ्गमा ताला लगाइएपछि स्थानीय  किसान सिंचाइ बाट प्रभावित भएका छन । पानी अभावमा तरकारी लगायत अन्य लगाइएका खाध्य वाली सुक्दै गएकाे स्थानीय किसान रामकृष्ण  धाेबी बताउँछन् ।

उनका अनुसार ५० बिघा जमिन सिंचाइका लागि उक्त बाेरिङ्ग खनिएको हाे । राज्यकाे लगानीमा खनिएको बाेरिङ्गमा ताला लगाउँदा किसानहरू सिंचाइकाे समस्यामा छन।

यसले राज्यकाे लगानी  खेर गएको छ । विगत एक महिनादेखि उक्त बाेरिङ्गमा ताला लगाइएको छ । ताला खाेल्ने बिषयमा कसैले चासाे देखाएका छैनन ।

बाेरिङ्ग गाडिएको जमिनका मालिक नारायण रग्मीले एक महिना अघि ताला लगाएका हुन । नजिकै  रहेकाे अर्को बाेरिङ्ग भाँसििदै जाँदा यहाँ पनि जमिन भाँसिने अबस्था आएपछि जमिन बचाउन ताला लगाईएकाे र्ग्मी बताउँछन् ।

महिनाअघि  ताला मैले लगाएकाे हाे तर अहिले पटक/ पटक ताला खाेलिदिन प्रक्री या थाल भन्दा कसैले चासाे नदेखाएको रेग्मी बताउँछन् ।

उता किसानले भने व्यक्तिगत जमिनमा बाेरिङ्ग गाडिएको भन्दै  रेग्मीले आफुखुशी ताला लगाएर किसानलाई सिंचाइबाट बन्चित गराएकाे आराेप लगाउँदै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय