ट्रेण्डिङ

नेपालगन्ज : बाँकेमा यतिबेला जमुनाह नाकाबाट भारततिर सहज पास भएकाे भनिएको  १० केजी सुनकाे चर्चा छ । जमुनाह नाकमा सशस्त्र र जनपथ पुलिसकाे कडा सुरक्षा चेकजाँच रहेकाे बाँकेका सुरक्षा अधिकारी दाबी गरिरहेका छन ।

तर, जमुनाहका इन्चार्ज इनिस्पेक्टर राजन भट्टराईले भने गैरजिम्मेवार प्रतिक्रीया दिएका छन । जमुनाहबाट सुन पास भयाे भन्ने कुरा के हाे ? भनेर साेध्दा उने सहजै जवाफ दिए ” गयाे हाेला” ।

सुरक्षा अधिकारीका अनुसार अत्यन्तै कडा सुरक्षा चेकजाँच रहेकाे जमुनाहबाट कसरी यतिकाे सुन भारत पास भाे ? अहिले याे प्रश्न बाँके सुरक्षा अधिकारीहरु समक्ष तेर्सिएकाे छ ।

यस बिषयमा पुलिसका अधिकारीकै कुरा बाँझिएकाे छ ।  पुलिसका एक अधिकारीका अनुसार  उक्त सुन जमुनाहबाट नभएर गाेरखपुर नाकाबाट आएकाे र आग्रामा भारतीय पुलिसले समातेकाे हाे ।

तर,  जमुनाह नाकाका इन्चार्ज  इनिस्पेक्टर  भट्टराईकाे जवाफले यहीँका दुई  पुलिस अधिकारीबिचकाे कुरा बाँझिएकाे हाे । भट्टराईले गैरजिम्मेवार ढंगले प्रतिक्रीया दिदै यहीँबाट ” गयाे हाेला” भनेका छन ।

उनकाे यस्ताे जवाफले जमुनाहमा पुलिसकाे सेटिङ्ग वा कमजाेर सुरक्षा जाँच रहेकाे बुझिएको छ । थप कुरा साेध्न खाेज्दा इनिस्पेक्टर भट्टराईले गैरजिम्मेवारी पन देखाउँदै  फाेन काटेका छन ।

यद्यपि उनकै प्रतिक्रीया अनुसार  जमुनाह नाकाबाट यसरी सुन पास भएको भए   जमुनाहमा रहेका पुलिसकाे नै सेटिङ्ग रहेकाे आशंका गर्दा अनर्थ नहाेला ।

जमुनाहबाट वा गाेरखपुरबाट जहाँबाट भएपनि  पुलिसकाे मिलेमताे विना कसरी पास भयाे सुन ? अहिले नागरिकले प्रश्न गरिरहेका छन । जमुनाहमा सशस्त्रले डिएसपी र जनपथले इनिस्पेक्टरकाे कमाण्डमा सुरक्षा जाँच गरिरहेकाे छ ।

सुरक्षाका सवालमा बाँकेका एसपी महिनावारी उत्कृष्ट भएको मिडियामा आउने गरेकाे छ । तर, याे घटना जमुनाहकै भए  उत्कृष्ट एसपीमाथि नै गम्भीर प्रश्न उठनेछ । यसकाे आधिकारिक जवाफ दिन जरुरी  देखिन्छ ।

नेपालगन्जमा आधा दर्जन घुमुवा र ३४ जना राष्ट्रिय अनुसन्धानका पुलिस दैनिक बजारमा कुदिरहुन्छन तर यतिकाे सुन नाकाबाट पास भएको भए  उनीहरूकाे जासुसी काम समेत असफल र निरीह देखिएकाे छ ।

अहिले याे प्रश्न एसपी र सिडिओसँगै पुलिसका डिआइजी पुलिसका आइजी र गृहमन्त्रीमाथि समेत तेर्सिएकाे छ । यसरी सुरक्षित भनिएको नाकाबाट सहज सुन पास भएको हाे भने बाँकेकाे सुरक्षा चेकजाँचकाे अबस्था नाजुक रहेकाे मान्न सकिने नागरिक बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय