नेपालगन्ज : बाँके एमाले ” सुनिर समूह” थालेकाे जागरण अभियान रमिते बनेकाे देखिएको छ ।
जागरण अभियानमा स्थानीय स्तरमा कार्यकर्ता/ नागरिक भन्दा धेरै जिल्ला प्रदेश र केन्द्रीय स्तरका नेताकाे मात्रै भिड देखिएपछि अभियान रमिते बनेकाे हाे ।
जेनजी आन्दोलन पछि ओरालाे गतिमा लागेकाे एमालेमा पछिल्लो समय आधाबढी नेता/ कार्यकर्ता/ र संगठित सदस्य घटेका छन ।
धेरैले नविकरण गरेका छैनन । नविकरण गरेका पनि जागरण अभियानमा सहभागी भएनन । यसले याे जागरण अभियान पनि असफल हुने देखिएछ ।
बाँके एमाले सुनिर समुहकाे याे तीन बर्षे कार्यकाल इतिहासकै असफल, अराजक, असक्षम र नैतिकहीन रहेकाे स्पष्ट भैसकेकाे छ ।
तर, सुनिर समुहका कमाण्डर भनिने र उनका आसपासे लाज पचाएर पनि यस्ताे स्वीकार्न तयार छैनन । बाँकेमा संगठन अस्तव्यस्त छ ।
जागरण अभियानमा जनता आउदैनन । संगठित सदस्य नविकरण गर्दैनन् । समुहले नियमित गतिविधी गर्न सक्दैन याे भन्दा कमजोरी के हुन्छ ?
नेकपा (एमाले) ले आगामी स्थानीय तह र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै बाँके लगायत देशभर ‘मिसन पार्टी जागरण अभियान’ सञ्चालन गरेकाे हाे ।
स्मरणहाेस : यही समुहले यसअघि चलाएकाे जरा अभिडान पनि असफल भएको थियाे । अहिले बाँकेमा ऋधाबढी संगठित सदस्यले समेत सदस्यता नविकरण नगर्नु पनि अर्को असफदता हाे ।






