ट्रेण्डिङ

नेपालगन्ज : जसपा नेपाल लुम्बिनीमा यतिबेला संसदीय दलका नेता सन्ताेष पाण्डेकाे मनाेमानी तथा दादागिरी चलेकाे देखिएको छ ।

पार्टीकाे केन्द्रीय कमिटीले दिएकाे निर्देशन संसदमा मुख्यमन्त्रीलाई बिश्वासकाे मत दिएर पाण्डेे केन्द्रीय निर्देशन उल्लघन गरेकाे खुलेकाे छ ।

उनी लगायत आदेश अग्रबाल, भण्डारी लाल यादव लगायतले पनि मतदान पक्षमा गरपछि जसपाले उनीहरूलाई स्पष्टीकरण साेधेकाे छ । तर, साँसद अम्बिका काफ्लले केन्द्रकाे निर्देशन पालना गर्दा समे उनीमाथि दादागिरीशैलीमा पाण्डृल कारवाही सिफारिस गरेकाे देखिएको छ ।

सरकारले बिश्वासकाे मत लिने दिन इमर्जेन्सी कामले आफू काठमाडौ भएको र पार्टीले पनि विपक्षमा मतदान गर्नु भनेकाले यसमा आफ्नाे कुनै कमजोरी नभएको साँसद काफ्ले बताउँछिन् ।

यस घटनाले पार्टीकाे निर्देशन विपरीत काम गर्ने पाण्डे लगायतका नेतामाथि कारवाही हुनपर्ने देखिन्छ । तर, पद र शक्तिकाे आडमा पाण्डेले साँसद काफ्लेलाई कारवाहीकाे सिफारिस गर्नु लजास्पद देखिएकाे जसपाकै नेता कार्यकर्ता बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय